Saturday, March 6

बलिउडका चर्चित अभिनेता राजिव कपुरको निधन

February 9, 2021 108

काठमाडौं । दाजुको निधन भएको एक वर्षमै बलिउड अभिनेता राजिव कपुरको पनि निधन भएको छ । उनका दाई ऋषी कपुरको गत वर्ष निधन भएको थियो । राजिवको हृदयघातका कारण निधन भएको बताइएको छ । स्वास्थ्यमा समस्या भएपछि मंगलबार अस्पताल लगिएका उनको उपचारकै क्रममा निधन भएको हो । उनी ५८ वर्षका थिए ।

‘उनको राम तेरी गंगा मैली’ फिल्म सुपर हिट भएको थियो । राजिव बलिउड अभिनेताहरूऋषि कपुर र रणधीर कपुरका कान्छा भाइ हुन् ।ऋषिकी पत्नी नीतुले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत देवर राजिवको निधन भएको पुष्टि गरेकी छिन् । उनले राजिवको तस्बिरसहित लेखेकी छिन्, हार्दिक ऋद्धाञ्जली ।

राजिवका दाई रणधीर अहिले मुम्बईस्थित चेम्बर अस्पताल पुगेका छन् । जहाँ राजिवको शव राखिएको छ । उनले पनि सामाजिक सञ्जाल मार्फत भनेका छन् । मेरो कान्छो भाइलाई गुमाउँदा निकै मर्माहत छु । डाक्टरले उनलाई बचाउन सक्दो प्रयास गरे, द टाइम्स अफ इन्डियाले उनको भनाइ उद्धृत गरेको छ ।

राजिवले एक जान है हमुबाट अभिनयमा डेब्यू गरेका थिए । राम तेरी गंगा मैलीुमा पनि उनी प्रमुख भूमिकामा थिए । आसमानु, लभर ब्वाइु, जबरजस्तु, हम तो चले पर्देसुलगायत फिल्ममा काम गरेका उनको अन्तिम फिल्म जमिनदारु हो ।

प्रतिकृया दिनुहोस्