Sunday, January 24

चार महिनापछि जनताले ओलीलाई झ्यालबाट फाल्छन्, प्रधानमन्त्री पनि रहन्नन् : वर्षमान पुन

December 30, 2020 78

रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य वर्षमान पुनले असंवैधानिक काम गरेका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताले चार महिनापछि र झ्यालबाट फाल्ने बताएका छन् । प्रेस संगठन रोल्पाले बुधबार लिबाङमा गरेको पत्रकार भेटघाटमा पूर्व ऊर्जामन्त्री समेत रहेका पुनले यस्तो बताएका हुन् ।

ओलीलाई जनप्रतिनिधि विहिन सासन गर्ने रहर जागेको भन्दै त्यसले आफैलाई घाटा हुने बताएका छन् । उनले ओलीले घोषणा गरेको निर्वाचन पनि नहुने बताएका छन् ।

निर्वाचन सम्भव छैन सैनिक सत्ता, संकटकाल लगाएर वर्षौं संकटकाल भोगेका नेपालीलाई दुख दिने नियत राखे जनताले नै चार महिना पछि झ्यालवाट फाल्छन् नेता पुनले भने, ओलीजी इगो, हद छोड्नुस् । जनप्रतिनिधि बिहीन शासन गर्ने रहर त्याग्नुपर्छ ।’ उनले अब वैशाख पछि ओली प्रधानमन्त्री पनि नरहने दावी गरेका छन् ।

उहाँले गैरसंवैधानिक काम गरेर प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक जीवन समेत धरापमा परेका कारण प्रधानमन्त्री नरहने बताएका हुन् । इतिहासको दिशा विपरीत उल्टो हिँड्न खोज्दा ओलीको राजनीतिक जीवन समाप्त हुँदै गएको पुनको जिकिर छ ।

विगतलाई सम्झँदै पुनले भने, ‘शेरबहादुर देउवाले ५९ सालमा निर्वाचन घोषणा गर्नुभयो । संसद विघटन गर्नुभयो । संसद दरबारमा बुझाएर आफैँ जेल परेर फेरि आफैँ गल्ती भो भनेर आन्दोलनमा आउने अवस्था बन्यो ।’

प्रतिकृया दिनुहोस्