News

बढेको बढ्यै नेपालमा कोरोना संक्रमित, एकैदिनमा फेरी थपिए यति धेरै

काठमाडौँ – हिजो शुक्रबार देशभर ५९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले हिजो शुक्रबार थप ५९ जनामा संक्रमण देखिएको पुष्टि गरेको हो।

संक्रमितमध्ये सर्वाधिक १५ जना सर्लाही र १४ जना बाँकेका छन्।

यसैगरी कपिलवस्तुका ९, बाराका ६, कैलाली र नवलपरासी सुस्ताका तीन-तीन, चितवनका २ र डडेलधुरा, बैतडी, मकवानपुर, सप्तरी, नवलपरासी सुस्ता पूर्व, मोरङ र भक्तपुरका एक-एक जनामा पनि संक्रमण देखिएको हो।

भक्तपुरकी संक्रमण पुष्टि भएकी ४२ वर्षीया महिला नगरपालिकाकी सदस्य रहेको खुलेको छ। यस्तै चितवनका संक्रमित ७४ वर्षीय र ७३ वर्षीया वृद्धा दम्पत्ति हुन्। उनीहरू भारतको नयाँ-दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार गरेर फर्किएका थिए।

तीमध्ये ७४ वर्षीय श्रीमान क्यान्सर पी’डि’त हुन्। अहिले उनीहरू दुवै भरतपुर अस्पतालको आइसोलेसनमा छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ। जसमा तीन जनाको मृ-त्यु भएको छ भने ७० जना निको भएका छन्।

हिजो बिहीबार ३० जना संक्रमित थपिएका थिए। आज संख्या बढेसँगै संक्रमित संख्या ५ सय नाघेको हो।

Related Articles

Back to top button
Close