Sunday, March 7

केहिदिन अघि पुनः एक भएका लाहुरे र लाहुरेनीलाइ छुटाउन फेरी यस्तो खेल, दुखि हुँदै आए सन्तोस फेरी मिडियामा (भिडियोसहित)

February 10, 2021 74

चितवन । राहुल गुरुंग र स्मिताको जीवनमा एक सुखद मोड आएको छ । राहुलले स्मिताका सबै गल्ती माफ गरेर घर भित्र्याएका छन् । उनले स्मितालाई साथै लगेर सिन्दुर हालेका थिए ।

उनले स्मितालाई बुहारीका रुपमा पुन स्वीकार गरेपछि सबै भन्दा बढि खुशी राहुलकी आमा भएकी छिन् । उनका खुशीका आँशु रोकिएका छ्रैनन् । स्मिताका बाबु पनि भारत बागडोगराबाट नेपाल आएका छन् । अहिले दुबै तिरको परिवारमा एक किसिमको खुशीको माहोल छ ।

दुबै परिवारले राहुल र स्मिताको पुनर्मिलनको सहमति गरेका छन् । राहुलका आमा र स्मिताका बाबुले अब उनीहरुको दाम्पत्य जीवन थप राम्रो बनाउन परिवारले साथ दिने बताए । राहुलकी आमाले पनि छोरी सम्झेर माफ गरिदिएको बताएकी छिन् । उनले नातिनीका कारण यस्तो निर्णय गरेको बताइन् ।

गोर्खा जिल्ला पालुंगटार गाउँपालिकाका वडा ९ अध्यक्ष भेषराज पाण्डेको रोहवरमा राहुुलले स्मितालाई पुन घर लगेका हुन् । उक्त समयमा वडा अध्यक्षले उनीहरुलाई खादा लगाइदिएर सुखद दाम्पत्य जीवनको कामना गरेका थिए ।

यस्तो घटना भएपछि सबैभन्दा ठूलो चिन्ता उनकी सानी छोरीलाई के हुने भन्ने राहुलको पीर थियो । सेनामा भएपनि राहुल कमलो मनका छन् । उनले श्रीमति स्मिताले गरेको गल्तीलाई माफी दिएका छन् ।

राहुलले उनको छोरीको भविश्य हेरेर यस्तो गरेको बताएका छन् । उनले स्मिताको माया पनि असाध्यै लाग्ने तर स्मिताले यस्तै गल्ती फेरि गर्ने हुन् की भन्ने लागे पनि अब उनको बिश्वास बढेको बताए । अब कोहीले पनि उनीहरुको जोडी अलग गर्न नसक्ने बताए ।

यसै क्रममा युटुवमा काम गर्ने पत्रकार सन्तोष देउजालाई एउटा आरोप आईलागेको छ । उनले इण्डियन लाहुरे राहुलकी श्रीमती स्मिताको चरित्र ह त्या गर्नकोलागी मोटो रकम लिएको भन्ने आरोप यतिबेला पत्रकार देउजालाई आई लागेको छ । राहुल र स्मिता को हुन् भन्ने कुरा सोशल मिडिया युजरस्लाई भनि रहनु पर्दैन होला । तीनै स्मिताको विषयमा पत्रकार देउजाले खेल खेलेको भन्ने आरोप उनलाई एक भारतीय मिडियाले लगाएको छ ।

आफुलाई लगाएको उक्त आरोपको पत्रकार देउजाले आफ्नै च्यानलमा खण्डन गरेका छन् । उनले उक्त आरोप सरासर झुटो भएको बताउँदै आफ्नो चरित्र ह त्या गर्न खोजिएको आरोप उल्टै उक्त भारतीय मिडिया र रिर्पोट बनाउने मिडिया पसंनलाई लगाएका छन् । उनले उक्त आरोपमा कुनै सत्यता नभएको भन्दै राहुलकी आमालाई गरेको फोन सम्बाद समेत पत्रकार देउजाले आफ्नो च्यानलमा राखिदिएका छन् । उनको यस पटकको यो भिडियोमा सबै उनका फ्यानहरुले उनकै समर्थन जनाएका छन् ।

पत्रकार देउजाको भनाई अुनसार उनर्ला त्यसरी आरोप लगाउँदै आफ्नो चरित्र ह त्या गर्ने प्रयास स्मिताका बुवासंग आएका भारतीय पत्रकारले गरेको पनि बताएका छन् । यसअर्थमा पत्रकार देउजाले सिधै निाशाना स्मिताको बुवाप्रति लगएका छन् । उता रहुलकी आमाले पनि यो निकै निराधार कुरा हो । भन्दै पत्रकार सन्तोषले आफुहरुकोलागी निस्वार्थ भावनाले सहयोग गरेको र आफुहरुकोलागी पत्रकार देउजा इश्वर जत्तिकै हुन् भनेकी छन् । भिडियोसहित

प्रतिकृया दिनुहोस्