Friday, March 5

प्रचण्ड-माधव पक्षको आन्दोलनमा भारतको झण्डा, यस विषयमा तपाईं के भन्नुहुन्छ?

February 10, 2021 89

प्रचण्ड-माधव पक्षको आन्दोलनमा भारतको झण्डा, यस विषयमा तपाईं के भन्नुहुन्छ?
प्रचण्ड-माधव पक्षको आन्दोलनमा भारतको झण्डा, यस विषयमा तपाईं के भन्नुहुन्छ?

काठमाडौ। नेकपा प्रचण्ड-माधव पक्षले आयोजना गरेको विरोध सभामा सम्बोधनका लागि कार्यक्रम सञ्चालकले नेतृ रामकुमारी झाँक्रीलाई बोलाउँदा चर्को हुटिङ भएको छ।

सभालाई सम्बोधन गर्दै झाँक्रीले प्रधानमन्त्री केपी ओलीलाई कागजी बादशाहको संज्ञा दिँदै उनले आजको विरोध कार्यक्रममा उपस्थित जनताले उनी ढलिसकेको संकेत गरेको र अब घोषणा गरेको पनि जिकिर गरिन्। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

उनले संविधानको चीरहरण गर्नेविरुद्ध बोल्न पाइन्छ भन्दै अँध्यारोमा षड्यन्त्र गर्नेहरुविरुद्ध बोल्न कसैले रोक्न नसक्ने चेतावनी दिइन्। उनले राष्ट्रपति संस्था सम्माननीय भएपनि त्यो संस्थामा रहेका व्यक्तिले गर्ने षड्यन्त्र विरुद्ध बोल्न कसैले रोक्न नसक्ने चेतावनी दिइन्।

‘हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ। नागरिकको मुखमा टेप टाँसिएको छैन, ’उनले भनिन्, ‘सर्वसत्ताबादको विरुद्ध बोल्न पाइन्छ। संविधानको चिरहरण गर्ने विरुद्ध बोल्न पाइन्छ।’

नागरिकहरु सार्वभौम सम्पन्न भएको जिकिर गर्दै उनीहरुको बोल्ने अधिकारलाई कसैले कुन्ठित गर्न नसक्ने जिकिर गरिन्। ‘आज दरबारमा जस्तै रजाइँ गर्नेहरु संघर्षका कठिन दिनहरुमा कहाँ थिए भन्ने दुनियाँलाई हिसाब किताब थाहा छ, ’उनले भनिन्।

‘यो राष्ट्रपति सम्माननीय संस्था हो। हाम्रो बलिदानीले प्राप्त संस्था हो। हाम्रो शिरमाथिको संस्था हो। तर त्यो संस्थाका विरुद्ध बोल्ने दुस्साहस मैले गरेको छैन’, झाँक्रीले भनिन्,‘त्यो संस्था निरंकुशताको साक्षी बस्छ, त्यसको एउटा प्यादा बन्छ भने त्यस्ता पात्रको विरुद्ध बोल्न पाइन्छ’, झाँक्रीको भनाइ छ।
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

प्रतिकृया दिनुहोस्