News

हेर्दाहेर्दै यसरी खसेको रहेछ पाकिस्तानमा जहाज

पाकिस्तानको कराँचीमा शुक्रबार दिउँसो ९९ जना यात्रुसहितको जहाज दुर्घ’टना भयो । जहाँ कम्तिमा ६६ जनाको मृ’त्यु भएको छ । लाहोरबाट कराँचीका लागि उडेको जहाज मानव बसोबास भएकै ठाउँमा दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घ’टनामा कम्तिमा दुईजना जीवीत नै भएको पाकिस्तानी मिडियाले जनाएका छन् । उनीहरुले मिडियाका लागि प्रतिक्रिया दिँदै ‘भगवान दयालु भएकाले’ आफूहरु बाँच्न सफल भएको बताएका थिए । उनीहरुको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

जहाजमा ८ जना चालकदलका सदस्य सहित ९१ यात्रु थिए । प्रत्यक्षदर्शीहरुले जहाज असन्तुलित भएपछि दुई वा तीन पटकसम्म अवतरणको प्रयास गरिरहेको बताएका छन् । दुर्घ’टनापछि स्थानीय प्रत्यक्षदर्शीले खिचेको नयाँ भिडिओ सामाजिक सञ्जालमा पनि भाइरल बनेको छ । जहाँ जहाज बस्तिमा खसेर धुवाँको मुस्लो उडेको देख्नसकिन्छ ।

Related Articles

Back to top button
Close