News

उपत्यकाका २ छुट्टाछुट्टै अस्पतालमा २ जनाको मृ-त्यु

काठमाडौं – नेपालमा कोरोना भाइरसको जो’खिम बढे संगै अस्पतालमा बिरामीको चाप बनि बढेको छ। शुक्रबार काठमाडौं उपत्यकाका दुई अस्पतालमा २ जना बिरामीको मृ-त्यु भएको छ ।
यी दुवै बिरामी कोरोनाभाइरस संक्रमित हुन सक्ने आ’शंकामा उनहिरुको नमूना परीक्षणको लागि पठाइएको भए पनि रिपोर्ट नआउँदै उनीहरुको मृ-त्यु भएको हो ।

शुक्रबार पाटन अस्पतालको आइसोलेसनमा रहेका एकजना बिरामी र अल्का अस्पतालमा ६५ वर्षीय पुरुषको मु-त्यु भएको छ ।
अल्का अपतालमा मृ-त्यु भएका बिरामी प्यान्क्रियाज क्यान्सरको उपचारको लागि आएका थिए । नवलपरासीबाट उपचारका लागि आएका उनीमा ज्वरो देखिएपछि नमूना परीक्षणको लागि पठाइएको छ । उनको शुक्रबार नि’धन भएको हो ।

यस्तै पाटन अस्पतालमा मृ-त्यु भएका बिरामी अस्पतालको आइसोलेसनमा थिए । उनको कोरोना परीक्षण भइसकेको छ । बिरामीको के कारणले मृ-त्यु भएको हो भन्ने बारे अस्पतालमा बैठक चलिरहेको छ ।
हाल पाटन अस्पतालमा १२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

Related Articles

Back to top button
Close