February 11, 2021 71
काठमाडौं – बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाले घटेको हो ।
बुधबार प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९१ हजार ५०० रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयामा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाले घटेर तोलाको १३ सय १५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस्