Thursday, March 4

बजारमा आयो नयाँ टिसर्टः नाटकै हो, ९ टंकी नै हो

February 11, 2021 86

यतिबेला सामाजिक सञ्जाल देखि जन जिब्रोसम्म एउटा वाक्य खुबै भाइरल छ, ‘नाटकै हो, नौटंकी नै हो।’

नेकपा अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका शब्द जोडेर बनेको यो ‘मिम’ले निकै चर्चा पाएको छ । प्रचण्डले एक कार्यक्रममा प्रधानमन्त्रीले भारतीय च्यानललाई दिएको अन्तर्वार्ता ‘नाटकै हो’ भनेका थिए भने ओलीले जवाफ दिँदै ‘नौटंकी नै हो’ भनेका थिए ।

दुई नेताको भनाइ जोडेर बनेको वाक्य रातारात हिट बन्यो, फेसबुक टिकटकमा भाइरल भयो। अझ यही शब्द राखेर गीत पनि सार्वजनिक भए। दुई नेताले बोलेको शैली र शब्दले राजनीति बुझ्ने र यसबारे जानकार रहनेको मात्र होइन, राजनीतिबाट टाढा जनताको पनि ध्यान खिच्यो।

यही भाइरल वाक् ‘नाटकै हो, नौटंकी नै हो’को नाममा टिसर्टमा नै बनेको छ ।सामाजक संजालतिर अचेल यही वाक्य प्रिन्ट भएका टिसर्टका तस्बिर भाइरल बनेको छ । केहीले यस्ता टिसर्ट लगाएर पोस्ट गरेका छन् ।

मूलपानीस्थित ‘मूलपानी स्पोर्ट’। केही दिनदेखि कम्पनीले यस्तै टिसर्ट प्रिन्ट गर्दैछ। मूलपानी स्पोर्ट खेलकुद सामग्री बिक्री गर्ने पसल हो। यहाँ जर्सी, जुत्ता, घुँडामा लगाउने प्याडलगायत सामान पनि पाइन्छ।

२३ वर्षीय बाबुरामले गत वर्ष मात्रै पसल सञ्चालन गरेका हुन्। व्यवसाय थालनी मात्र के गरेका थिए, कोरोना महामारीले काम थन्कियो। लकडाउन सकिएसँगै उनले केही स्थानीय क्लब जस्तै, आरबी डायमण्ड, पाजु नेपाल र स्कुल तथा कलेजका लागि जर्सी प्रिन्ट गर्न थाले। योसँगै टिसर्टमा ‘नाटकै हो, ९ टंकी नै हो’ प्रिन्ट गराउन पाए व्यवसाय बढाउन सकिन्छ भन्ने उनलाई लागेको हो।

‘बजारमा ट्रेन्डिङ कुरा चलिरहेको हुन्छ। त्यही सोचले यस्तो टिसर्ट प्रिन्ट निकाल्यौं। तर सोचेजस्तो व्यापार भएको छैन,’ उनले गुनासो सुनाए तर पनि बिस्तारै ब्यापर बढ्नेमा उनि अाशावादी भने छन् ।

प्रतिकृया दिनुहोस्