Video

भारतवाट यसरी लस्करै भित्रिए नेपाली , हजारौं नेपालीको ब्यवस्थापन कसरी हुँदैछ ? ( भिडियो)

नेपालगन्ज। लामो समय देखिको लकडाउनका कारण सिमानामा रोकिएका नेपालीहरु नेपाल भित्रन थालेका छन् । लामो समय देखि सिमानामा रोकिनु पर्दा नेपालीले दुख खेप्नु परेको थियो । बाँकेमा दुबै देशका नागरिक सीमामा पुगेपछि आ(आफ्नो देश फर्काउने क्रमलाई शनिवार पनि निरन्तरता दिइएको छ ।
दुवै देशका सुरक्षा अधिकारीहरुसंगको समन्वयमा उनीहरुलाई आफ्ने आफ्नो मुलुक फर्काइएको हो । बाँकेको सिमानावाट पश्चिम क्षेत्रका विभिन्न जिल्लाका स्थानिय नेपालगन्ज भित्रिएका छन् । शनिवार विहान सबैभन्दा बढी दैलेखका ४३१ जना आइपुगेका थिए । सुर्खेत, दांग, सल्यान, बर्दिया तथा कर्णालीका बासीन्दा सिमानावाट नेपाल भित्रने क्रम जारी नै छ । शनिवार बिहानैदेखि दुई देशका नागरिक आफ्नो देश फर्कन लामबद्ध हिडिरहेको दृष्यले एउटा छुट्टै अवस्थाको बोध गराइको देखिन्थ्यो ।

यसअघि बुधबारदेखि सीमामा पुगेका भारतीयहरुलाई उनीहरुकै मुलुक पठाउन सुरु गरिएको थियो । त्यसक्रममा रुपैडिहासम्म आइपुगेका सयौं नेपाली पनि स्वदेश फर्किएका छन । भारतमा यातायातको साधन रेल सञ्चालनमा आएपछि नेपालमा रहेका उनीहरु घर फर्कन लागेका हुन् । नेपाली आउने क्रम पनि रोकिएको छैन ।
सीमामा रोकिएका ८ सय भित्रिए प्युठान
नेपाल–भारत सीमा क्षेत्रमा रोकिएका नागरिकलाई प्युठानका स्थानीय तहले जिल्लामा ल्याउन शुरु गरेका छन् । भारतका विभिन्न ठाउँबाट सीमावर्ती क्षेत्रमा आई रोकिएकाहरु बिहीबारसम्म करीब आठ सय प्युठानीलाई भित्राइएको हो ।

जिल्लाका ७९६ प्युठानीलाई स्थानीय तहले उद्धार गरी ल्याएका हुन । जिल्लाका नौबहिनीका ३३, माण्डवीका १२५, मल्लरानीका ५५, ऐरावतीका २०३, गौमुखीका चार, सरुमारानीका ११५ र झिमरुक गाउँपालिकाका ६० जना छन् ।
त्यसै गरी स्वर्गद्वारी गाउँपालिकाका १७७ र प्युठान नगरपालिकाका १२४ जनालाई स्थानीय तहले सीमाबाटै उद्धार गरी स्थानीय तहका ल्याएर क्वारेन्टिनमा राखेका छन् ।
स्थानीय तहले खर्च व्यहोर्ने गरी सबै पालिकाले सीमामा रोकिएका आफ्ना पालिकाका नागरिकलाई ल्याउने काममा खटिएको माण्डवीका अध्यक्ष श्रीधर रोकाले बताउनु भयो ।

भारतका विभिन्न शहरमा रोजागारीका लागि गएकामा प्युठानका करीब ३१ हजार रहेको स्थानीय तहको तथ्यांङ्क रहेको छ । भारतमा अलपत्र आफ्ना नागरिक सीमासम्म आएपछि स्थानीय तहले सीमामा पुगेर ल्याएको स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकायले जानकारी दिनुभयो । “सीमामा अलपत्र परेका नागरिकको उद्धार गरिरहेका छौँ”, रोकायले भन्नुभयो, “१४ दिन क्वारेन्टाइनमा राखी परीक्षणपछि मात्रै घर पठाउने छौँ ।”
जिल्लामा ल्याइएका नागरिकको कुनै प्रकारको परीक्षण गरिएको छैन । परिक्षणविना भित्रिएका नागरिकको क्वारेन्टिन बसाइ अवधिभर कोरोना कोषको बजेटबाट ब्यवस्थापन गर्ने गरिएको रोकायको भनाइ छ ।

Related Articles

Back to top button
Close