Tuesday, March 2

रामकुमारी लाइ पक्राउ गर्न जाँदा झाँक्रीको निवासअगाडि कार्यकर्ताले लगाए नाराबाजी, ठूलो संख्यामा दंगा प्रहरी पनि परिचालन (भिडियो सहित)

February 11, 2021 64

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड(नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राऊ गर्न प्रहरी उनकै घरमा पुगेपछि अहिले बानेश्वर स्थित उनको घरमा कार्यकर्ताले नारावाजी गरेका छन् । उनलाई पक्राउ गर्न प्रहरी पनि पुगेको छ । यतिबेला उनको बानेश्वरस्थित घरमा प्रहरी पुगेको छ ।

घर बाहिर सादा पोशाक र पोशाकसहित प्रहरी पुगेका छन् । झाँक्री भने घरबाट बाहिर निस्केकी छैनन् । प्रहरीले झाँक्रीलाई घरबाट बाहिर आउन भनिरहेको छ । उनी भने पत्रकारहरुसँग घरभित्रै अन्र्तक्रिया गरिरहेकी छिन् ।

यसअघि सोधपुछका लागि प्रहरी कहाँ नपुगे पक्राऊ गर्ने तयारी गरिएको थियो । अपराध अनुसन्धान महाशाखाले सोधपुछका लागि डाकेकोमा उनी जान मानेकी थिइन् । प्रहरी स्रोतले माथिबाटै आदेश आएकाले झाँक्रीलाई पक्राउ गर्न लागिएको जनायो । झाँक्रीलाई पक्राउ गर्न उनको निवासमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। पहिले सादा पोशाकमा प्रहरी पुगे पनि अहिले त्यहाँ दंगा प्रहरी पुगेका छन्।

आक्रामक अभिव्यक्तिका कारण चर्चामा रहेकी झाँक्रीमाथि राष्ट्रपति विद्यादेवी भण्डारीको मानम र्द न हुने गरी बोलेको आरोप छ । राष्ट्रपति भण्डारीविरुद्ध बोलेपछि विवादमा परेकी झाँक्रीलाई पक्राऊ गर्न महिलासम्वद्ध संघसंस्थाहरुले ज्ञापनपत्र गृहमन्त्री बादललाई समेत बुझाएका थिए । उनलाई पक्राऊ गर्न सत्तारुढ नेकपाको ओली समूहबाट दबाब बढेको थियो । तस्विर र भिडियो तल हेर्नुहोस

प्रतिकृया दिनुहोस्