Video

भारतीय पत्रकारहरुलाई पत्रकार रुपनीको चेतावनी, नेपाललाई पाकिस्तान सम्झने भुल नगर (भिडियो)

काठमाण्डौ । पछिल्लो समय नयाँ नक्साको विषयलाई लिएर भारतीय मिडियाहरुको प्रस्तुती नेपालको सार्वभौमसत्तामाथि निकै नै चोटिलो उग्र भईरहेको छ । भारतद्धारा अतिक्रमित नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समावेश गरेर नेपाल सरकारले सावर्जनिक गरेको नेपालको नयाँ नक्साको विषयलाई नै यतिबेला भारतीय ठुलादेखि साना मिडियाहरुले उचालि रहेका छन् ।

तिनै भारतीय सञ्चारमाध्यममा नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाधिनताको विषयलाई अनावश्यक उग्र बनाउँदै नेपाल र नेपालीको भावनासंग खेलवाड गर्ने हिम्मत कस्ले दियो भन्दै पत्रकार रुपनी जि.एमले भारतीय सञ्चारकर्मीहरुलाई प्रश्न गरेकी छन् । उनले पुरै भारतीय र भारतीय पत्रकारहरुले सजिलै बुझुन् भन्ने उद्येश्यले हिन्दी भाषामै भारतीय पत्रकारहरुलाई प्रश्न गरेकी छन् ।

साथै पत्रकार रुपनीले भारतीय पत्रकारहरुलाई पत्रकारीताको आचारसंहिता पालना गरेर पत्रकारीता गर्न सुझाव दिएकी छन् । लाईट नेपाल र ताजाखबरमा कार्यरत पत्रकार रुपनीले नेपालको भूभागलाई विषय बनाउँदै आफ्ना जनतामा अनर्गल प्रचारप्रसार नगर्न सुझाव दिएकी छन् । उनले नेपाललाई पाकिस्तान सम्झेर उस्लाई गरे जस्तो व्यवहार नगर्न चेतावनी समेत दिएकी छन् ।

Related Articles

Back to top button
Close