नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रति १ सयले बढेर प्रतितोला ९४ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाला सुन तोलाको ९४ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ७०० रहेको छ । त्यसैगरी बुधबार चाँदीको मुल्यमा पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ५ रुपैयाले बढेर १३ सय ५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । ** पूरा समाचार हेर्न यहाँ तल क्लिक गर्नुहोला **
यो पनि हेर्नुहोस
सवारी दुर्घटनामा घाइतेको उपचारका क्रममा: मृत्यु भएको २४ घन्टा बित्न लाग्दासमेत ठक्कर दिने गाडीको पहिचान गर्न प्रहरीले सकेको छैन।
पूर्वपश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका वडा नम्बर १ सुनडबरीमा मंगलबार बिहान सवा ६ बजेतिर एक जना पैदल यात्रु गम्भीर घाइते अवस्थामा फेला परेपछि प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको थियो।
अन्दाजी ५० बर्षका व्यक्तिको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मंगलबार बिहान ११:४० बजे मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले बताए।
प्रहरीले राजमार्गमा छटपटाई रहेका व्यक्तिलाई उद्धार गरेर लमही अस्पताल पुर्याएको र त्यहाँ उपचार संभव नभएपछि बाँके रिफर गरिएको डिएसपी खड्काले बताए।
दुर्घटनाको २४ घन्टा हुँदा पनि ठक्कर दिने गाडीको पहिचान हुन नसकेको डिएसपी खड्काले जानकारी दिए ठक्कर दिने सवारी साधनको खोजि भइरहेको छ,’ डिएसपी खड्काले भने ‘ तर अहिलेसम्म न मृतको सनाखत हुन सकेको छ, न त ठक्कर दिने गाडी नै फेला परेको छ।’
भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिको शव मंगलबार बेलुका लमही अस्पतालमा ल्याएर राखिएको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्