News

गौशाला नगरपालिकाकी उपमेयर श्रीमानसँगै क्रसरमाफियासँग अशुली धन्धामा, मेयर के गर्दै छन ?

महोत्तरीको गौशला नगरपालिकाका मेयर शिवनाथ महतो पार्टीको वफादार कार्यकर्ता बन्न खोज्दा पार्टीबाट धोका पाएको बताउदै अब जनताको मेयर बन्ने बताएका छन् ।

नगरपालिकाको आफनै काम प्रति असन्तुष्टि जनाउदै मेयर महतोले नेकपाका नेता विष्णु लामाका कारण काम गर्न समस्या भएको बताए ।

नगरपालिकाको बहुप्रतिष्ठित योजना अगाडी बढन नदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्दा काम गति लिन सेको छैन, मेयर महतोले टुडेपाटीसँग भने,‘उपमेयरको श्रीमानकै कारण नगरपालिकाको योजनाको काम समसयमा हुन सकेको छैन । आफु मेयर बन्नकालागि नगरपालिकालाई अल्झाएको छ ।’

गौशाला नगरपालिकाको मेयरमा निर्वाचित भएदेखि केहि वर्ष योजना, कर्मचारी र पार्टीको खेल बुझन नसक्दा नकारात्मक सन्देश गएको सञ्चार कर्मीसंगको भेटमा मेयर महतोले बताए । पार्टीको नेताको आवरणमा अब गुण्डागर्दी गर्न नमिल्ने उनले बताए ।

नदी ठेक्का, उत्खनन र क्रसर उद्योग बारे फैलाइएको हल्ला अपवाह हो, मेयर महतोले थपे ,‘उप मेयर आशा लामाकै क्रसर उद्योगमा लगानि छ । नदी ठेक्का लिएका ठेक्केदार संग उपमेयर आशा लामाले आफना पीए शत्रुधन ठाकुर लगाएर २५ लाखा रुपैया माग गरेको सवैलाई थाहा छ । विष्णु लामाकै संरक्षणमा अवैध उत्खन्न भएको छ ।’

मरहा नदीमा उत्खननको बिरोध गर्ने विष्णु लामाकै संरक्षणमा बाकेमा अवैध उत्खनन भएको मेयर महतोको दावी छ । अबैध उत्खनन गराउन क्रसर सञ्चालक र नदी ठेक्का लिएका ठेक्केदारसंग २५ लाख माग गरेको रहस्य सार्वजनिक भएको समेत महतोले बताए ।

उप मेयर आशा लामा र उनका श्रीमान विष्णु लामाको स्वार्थ पुरा हुदा राम्रो र स्वार्थ नमिल्दा मेयर असक्षम भन्न पाइदैन, मेयर महतोले भने,‘नगरपालिकामा उपमेयर र उनका श्रीमानले गरेको ब्रम्हलुटको भण्डाभोर हुन्छ । म पार्टीको मेयर होइन । जनताको मेयर बन्न तयार छु । ’

नगरमा कायम रहेको हरेक किसिमको घेराबन्दीलाई तोडेर नगरपालिकालाई सवैको पहुँच हुने किसिमको वातावरण बनाउने मेयर महतोले उदघोष गरे ।

पार्टीको घेराबन्दीलाई तोडदै जनताको घरदैलोमा पुग्ने छु, महतोले भने,‘जनताको परिक्षामा पास भए फुलको माला लगाउने छ ।’ आफुलाई असक्षम आरोप लगाएर केही नहुने बताउदै नगरप्रमुख महतोले हरेक नेताको वास्तविकता चाडै सञ्चार माध्यममा सार्वजनिक हुने बताए ।

Related Articles

Back to top button
Close