News

सुनको भाउ तोलामा तीन हजारले घट्यो

काठमाडौं। निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज अनपेक्षित रुपमा तीन हजारले घटेको छ ।बिहीबार रु ७५ हजार ५०० मा कारोवार भएको प्रतितोला छापावाल सुन आज ७६ हजार ५०० मा झरेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको महासङ्घले जनाएको छ ।महासङ्घका अनुसार गत मङ्गलबार तोलाका रु ७५ हजार ५०० मा कारोवार भएकोे पहेँलो धातुको मूल्यमा बुधबार रु २०० ले कमी आएको थियो भने रु ८०० ले घटेको थियो । चाँदीको मूल्यमा पनि रु ४० ले गिरावट आएको छ । रासस

Related Articles

Back to top button
Close