Intresting

उदिप र आचलले गरे पलको तारिफ, नकारात्मक लेख्ने रजिष्टर नभएका युट्युब विरुद्ध उजुरी गर्ने

ईटहरी/ पछिल्लो समय बैवाहिक बन्धनमा बाधिएपछी चर्चा र आलोचनाको घेराबन्दीमा परेका जोडि हुन नायिका आचल शर्मा र डाक्टर उदिप श्रेष्ठ । केही समयको प्रेम सम्बन्धलाई दुबै पक्षको परिवारको आपसी समझदारीमा बिवाह बन्धनमा बाधिए पनि आचलका फ्यानले नै उनलाई नकारात्मक प्रतिक्रिया दिन लागि परे । यसको मुख्य कारण बने पल शाह । तर दुबैले हरेक पटकको अन्तरबार्तामा आफुहरु सम्बन्धमा नरहेको र मिल्ने साथीहरु मात्र भएको बताउदै आएका थिए । यता दुबैको फ्यानहरुले भने आँप जोडि भनेर जोडि बाध्न समेत भ्याईसकेका थिए । तर, पछिल्लो समय आचललाई नकारात्मक सोच्नेहरु फेरि सकारात्मक तिर फर्किन थालेका छन ।
केही अघि एक अन्तरबार्तामा पल शाहले सम्पुर्ण स्पष्टीकरण दिईसकेपछि यस्तो हुन थालेकी बुझ्न सकिन्छ । यता आचल र उदिपले पनि पल शाहको बारेमा सकारात्मक सोच्न भन्दै पललाई धन्यवाद दिएका छन । एक टेलिभिजन अन्तरबार्तामा यी जोडिलाई बोलाईएको थियो । जहा आचलले उदिपलाई भेटेदेखी अहिले सम्म हरेक पल खुशी महसुस गराएको सुनाए यस्तै उनले थप्दै ‘आफ्नो जिवनको उतारचढाव त सधै भैरहने तर, देश बिदेशमा यति धेरै मान्छेहरुले खान नपाएर, कोरोना लागेर निधन हुदा दु:ख लागेको’ बताईन् । कन्टोभर्सीले आफुलाई खासै दुखी नबनाएको तर अचम्म लागेको भन्दै युट्युबमा लकडाउनको सदुपयोग गरी आफुहरुको हिस्ट्री खोताल्नेहरु प्रती दया लागेको आचलले सुनाईन् ।
यता उदिपले पनि बाहिर चलेको चर्चाको स्पष्टीकरण दिदै आफू कस्तो भन्ने कुरा श्रीमती, परिवार र नजिकको साथिभाईलाई थाहा छ । त्यसैले बाहिर नचिनेको मान्छेले के भन्छ त्यसमा चासो नरहेको बताए । उनले भने ‘आफ्नोले भन्दा आफुलाइ फरक पर्ने नत्र आफू खासै चासो नलिने मान्छे हो’ । यो कुराहरूले आफुहरुलाई झनै मजबुत बनाएको भन्दै आचलले आफुहरुको यो बिषयमा गलत लेख्ने रजिष्टर, रजिष्टर नभएको युट्युब च्यानल पत्ता लगाएको र रजिष्टार नभएको युट्युबले आफ्नो अनुमति बिना केही लेख्न नपाउने भन्दै लकडाउन खुकुलो भएपश्चात् टेकुमा निवेदन हाल्ने बताईन ।
यता पल शाह संगको गसिपको बारे बोल्दै आफ्नो फ्यानहरुले“रिल कपल” संग यसरी हेर्नुहुन्छ भनेर आफुले सोच्दै नसोचेको भनिन् । आफ्नै फ्यानहरुले आफैलाई गाली गर्दा दुख लागेको भन्दै यो कुरामा पनि अचम्म लागेको बताईन । पल आफ्नो बिहेमा नआएर अलिकति चित्त दुखेको भन्दै बिवाहको सुभकामना दिएकोमा उनले धन्यवाद समेत भनिन । यस्तै, प्रस्तोताको ‘आचलसंग जवरजस्ती टिकटक बनाएको जस्तो देखिन्छ’ भन्ने जिज्ञासामा आचलले जवरजस्ती नै हो भनेर स्विकारिन् भने २० चोटि भन्दा आफुले ३ चोटि गरेको उदिप सुनाए । बिवाह गरीसके पनि फिल्मलाइनमा उदिपको परिवारले पनि सपोर्ट गरेको बताईन ।
कुराकानिमा उदिपले पुरानो कुरालाई आफुले पनि बिर्सेको र तपाईं पनि बिर्सनुस भन्दै सक्नुहुन्छ भने हामिलाई आशीर्वाद दिनुस् भने । यस्तैमा आचलले पनि थप्दै यस्तो कुरा गरेर न तपाईको चुलोमा आगो बल्छ न मेरो चुलोमा आगो बल्छ । पुरानो कुरा कस्को हुदैन र सबैको जिवनमा एउटा न एउटा केहि भएको हुन्छ र त्यही नै संग जीवन बित्छ भन्ने काहीँ लेखेकै छैन भन्दै उदिपलाइ सपोर्ट गरिन । उनले भनिन् “यस्ता झिना मसिना कुरा गरेर अर्काको जिवनमा यसरी हानी गर्न चाहिँ नआईदिनुस्”। यता उदिपले सिपोरा गुरुङ संगको सम्बन्धको बारे पनि स्पष्टीकरण दिएका छन् । उनले ‘एक समय सम्बन्धमा थियो अहिले ब्रेकअप भयो । त्यसमा कसैको पनि दोष छैन । आफुहरुको बुझाईमा भएको’ बताए ।
यो समाचार योहो टेलिभिजनको ‘PYL SHOW’ को आधारमा सुवास संकल्पले तयार गरेका हुन् ।)

Related Articles

Back to top button
Close