News

नायिका बर्षा राउतको लाजमर्दो अभिव्यक्ति – भारतले मिचेको भुमी नेपालले मेरै हो भन्न मिल्दैन (भिडियोसहित)

कामठमाडाैं । भारतीय अतिक्रमणबिरुद्ध सिङ्गो देश एक भएका बेला नेपाली नायिका बर्षा राउतले भने निक्कै बिबादित अभिव्यक्ति दिएकी छिन ।

उनले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा भारतसंग नेपालले टक्कर लिदाँ आफुलाई अप्ठायारो भएको बताएकी छिन् ।

एक भिडियो जारी गर्दै यस्तो विवादीत प्रतिक्रया दिएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

उनले नेपाल भारतका पत्रकारले भूमीको विषयलाई लिएर पचारप्रशार गर्दा समस्या भएको बताएकी छिन् ।

उनले भूमिको समस्या दुइ देशको राजनीतिको विषय भएकाले नेपाल र भारत सरकारले समाधान गर्नु पर्ने सुझाव दिएकी छन् ।

वर्षाले दुइ देशका पत्रकारहरुले भूमीको विषयलाइ लिएर गरिएको बहसले उनलाइ समस्या भएको बताएकी छन्।

उनले भनेकी छिन् – भुमिको विषयमा नेपालले मेरै भुमी भन्नेर झगडा गर्नुभन्दा पनि नेपाल र भारत सरकारले समाधान गर्नु पर्छ, दुइ देशका पत्रकारहरुले यसलाइ झगडा बनाउदा मैले मेरा भारतीय साथिहरुसंग कसरी फेस् गर्न र भारतीय मेरा साथीले मसंग कसरी फेस् गर्ने के ?

यसअघि भारतमा आफ्नो सिङ्गो कलाकारिता जीवन बिताएकी मनिषा कोइरालले नेपालकाे समर्थनमा बोलेकी थिइन ।

नेपालकाे समर्थनमा बाेलेपछि भारतमा उनकाे चाैतर्फी बिराेध भयाे भने भारतीय मिडियाले उनलाई भारतकाे नुन खाएर चीनकाे समर्थन गर्ने भन्दै तुच्छ गाली पनि दिन भ्याए । तर आम नेपालीहरुले भने उनलाई साथ् दिएका छन् ।

उता नायिका केकी अधिकारीले आफ्नो फेसबुब मार्फत छिमेकीलाई आफ्नो भूमिबाट स–सम्मानका साथ फिर्ता पठाउन तयार रहेको धारणा राखेकी छिन् ।

उनले फेसबुकमा लेखेकी छिन्, ‘भूपरिवेष्ठित राष्ट्र भएको कारणले हाम्रो भारतसँगको निर्भरता र अन्तराष्ट्रिय सम्बन्ध आफ्नो ठाउँमा छ । तर जब प्रश्न राष्ट्रिय स्वाधीनता र स्वार्वभौमसम्त्ता माथी उठछ, हाम्रो स्वाभिमान संसार कै अग्लो सगरमाथा जति नै उच्च हुन्छ ।

सीमाको विषयमा हामी सबै नेपाली एक छौँ । कोही पक्ष अनि विपक्ष छैनौं । हामीसँग स्पष्ट प्रमाणहरु प्रशस्त छन् ।

हामीले आफ्नै भूमिको विषयमा कसैसङ्ग बहस गर्न आवश्यक त छैन । तर सम्मान स्वरुप हामी प्रमाणसहित बार्ता गर्न तयार छौँ । हामी आफ्नो चिज चाहन्छौँ । अरुकोमा र्याल काड्दैनौँ ।’

नायिका केकी अधिकारीले थप लेख्छिन्, ‘हामीले आज हाम्रो भूमिकै लागि आवाज उठाइरहँदा यो नभुलौँ कि हामी नेपाली विश्वभर आफ्नो विरता, सभ्यता र सरलताको लागी कहलिएका छौँ ।

कुनै पनि धारणा र विचार राख्नु अघि हामी राष्ट्रियताको नाउँमा अरु राष्ट्रको खिल्ली उडाउने, आत्मसम्मानमा ठेस पुगाउने व्यबहारले परिचित छैनौँ भन्ने नभुलौ । हामी बदलामा हैन बलिदानमा बिश्वास राख्छौं ।’

उनले भूगोलले सानो भएपनी नेपालीको मन ठूला ठूला देश भन्दा पनि बिशाल भएको उल्लेख गरेकी छिन । नेपालीले छिमेकीको जमीन हडप्नमा हैन , छिमेकीलाई आफ्नै हडप्न खोजेको जमिनमा ससम्मान चिया नास्ता खुवाएर बिदा गर्न तयार रहेको बताएकी छिन ।

उनले अगाडि लेखेकी छिन – हामी बदलामा हैन बलिदानमा बिश्वास राख्छौं । हामी वैमनस्यतामा हैन बिचारमा बिश्वास राख्छौँ।

हामी छिमेकीको जमीन हडप्नमा हैन , छिमेकीलाई हाम्रै हडप्न खोजेको जमिनमा ससम्मान चिया नास्ता खुवाएर बिदा गर्नमा बिश्वास राख्छौं । भूगोलले सानो भएपनी नेपालीको मन ठूला ठूला देश भन्दा पनि बिशाल छ। नेपाली हो नि!!”

यस्तो छ उनको पुरा स्टाटस

”भूपरिवेष्ठित राष्ट्र भएको कारणले हाम्रो भारतसंगको निर्भरता र अन्तराष्ट्रिय सम्बन्ध आफ्नो ठाउँमा छ । तर जब प्रश्न राष्ट्रिय स्वाधीनता र स्वार्वभौम्त्ता माथी उठछ,हाम्रो स्वाभिमान संसार कै अग्लो सगरमाथा जति नै उच्च हुन्छ।

सिमाको विषयमा हामी सबै नेपाली एक छौँ । कोही पक्ष अनि विपक्ष छैनौं । हामीसंग स्पष्ट प्रमाणहरु प्रशस्त छन् ।

हामीले आफ्नै भूमीको विषयमा कसैसङ्ग बहस गर्न आवश्यक त छैन । तर सम्मानस्वरुप हामी प्रमाण सहित बार्ता गर्न तयार छौँ । हामी आफ्नो चिज चाहन्छौँ । अरुकोमा र्याल काड्दैनौँ।

हामीले आज हाम्रो भूमिकै लागि आवाज उठाइरहदा यो नभुलौँ कि हामी नेपाली बिश्वभर आफ्नो विरता, सभ्यता र सरलताको लागी कहलिएका छौँ ।

कुनै पनि धारणा र विचार राख्नु अघि हामी राष्ट्रियताको नाउँमा अरु राष्ट्रको खिल्ली उडाउने, आत्मसम्मानमा ठेस पुगाउने व्यबहारले परिचित छैनौँ भन्ने नभुलौँ।

हामी बदलामा हैन बलिदानमा बिश्वास राख्छौं । हामी वैमनस्यतामा हैन बिचारमा बिश्वास राख्छौँ।

हामी छिमेकीको जमीन हडप्नमा हैन , छिमेकीलाई हाम्रै हडप्न खोजेको जमिनमा ससम्मान चिया नास्ता खुवाएर बिदा गर्नमा बिश्वास राख्छौं । भूगोलले सानो भएपनी नेपालीको मन ठूला ठूला देश भन्दा पनि बिशाल छ। नेपाली हो नि!!”

यसैबिच,नायक निखिल उप्रेतीले आफ्नो भनाई सार्वजनिक गरेका छन् । उनले, अब कसैसँग पनि झुक्न आवश्यक नरहेको स्पष्ट पारेका छन् ।

निखिलले प्रधानमन्त्री केपी शर्मा ओलीले साहसिक कदम चालेको भन्दै यो समयमा सबै नेपाली एक हुनुपर्ने बताएका छन् ।

नेपाललाई सानो भनेर भारतले हेपेको भन्दै निखिलले भनेका छन्–‘सानो झन बलियो हुन्छ । कोरोना सानो थियो तर विश्वलाई नै तहसनहस बनाइदियो । यसैले, अब हामी पछाडि फर्कियौ भने फेरि हामी हेपिन थाल्नेछौ ।’

निखिलले नेपालीलाई आत्मनिर्भर हुन आवश्यक रहेको पनि बताएका छन् । उनले भने–‘अब, सकभर विदेशी चिजहरुलाई प्रयोग गर्ने काम छाड्दै जानुपर्छ ।’निखिलले आफ्ना सन्ततीहरुलाई पनि स्भाविमान बन्ने बाटोतर्फ लैजान आवश्यक रहेको बताएका छन् ।

नेपाली चलचित्रका कलाकारहरुले पनि राष्ट्रियताको बिषयमा आवाज उठाउन थालेका छन् । नायक राजेश हमालले भारतको गतिविधि स्वीकार्य नहुने बताइसकेका छन् ।

Related Articles

Back to top button
Close