News

मनिषालाई छोरी भन्दै पाठ पढाउने शुष्मा स्वराजका पतिलाई गगन थापाले दिए कडा जवाफ

काठमाडौं । हालै मनिषा कोइरालाले परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले गरेको नयाँ नक्सा सम्बन्धी ट्वीटमा समर्थन जनाउँदै रिट्वीट गरेपछि भारतमा त्यसले हलचल मच्चाएको छ । मनिषा कोइरालाको परिवारलाई निकै नजिकवाट चिन्ने दावी गर्दै पूर्व विदेशमन्त्री सुषमा स्वराजका पति कौशल स्वराजले उनलाई तिमीले गल्ती गर्र्यौ भन्दै सामाजिक सञ्जालमा लेखेका थिए ।

मनिषाले सिमानामा देखिएको समस्या समाधानका लागि नेपाल, भारत र चीनले समेत छलफल गर्नुपर्ने राय राखेपछि त्यो भनाईवाट भारतमा हलचल मच्चिएको हो । शुष्माका पति कौशलले पनि मनिषालाई त्यसो गर्नु गल्ती भन्दै लामो स्टाटस लेखेका थिए । मनिषाको सोही भनाई प्रति समर्थन जनाउँदै र सरकारले गरेको कामको पनि प्रशंसा गर्दै नेपाली कांग्रेसका नेता गगन थापाले कौशललाई जवाफ फर्काएका छन् ।

थापाले अभिनेत्री कोइरालाले भारतले नेपालको लिम्पियाधुरा र लिपुलेक लगायत भूभाग अतिक्रमण गरेको विषयमा चीनसँग पनि वार्ता गर्नुपर्छ भनेर किन भनेकी हुन् भन्ने कुराको खुलस्त जवाफ थापाले दिएका छन् । उनले

नेपाली भूभाग लिपुलेकबारे भारत र चीनले सन् २०१४ मा नेपाललाई थाहै नदिई भारत र चीनको व्यापारिक नाकाको रुपमा प्रयोग गर्ने भनी आफूहरु दुई पक्षबीच सम्झौता गरेका कारण चीन समेत यो मामिलामा जोडिने भएकाले मनिषाको त्यो अभिब्यक्ति गलत नभएको प्रष्ट पारेका छन् । उनले सामाजिक सञ्जाल मार्फत लामो स्टाटस लेख्दै त्यसलाई यसरी ब्याख्या गरेका छन् ।

सीमाको विषयमा नेपालको अहिलेको राजनीतिक घट्नाक्रमबारे कौशललाई खिया लागेको विचार बोकेका भन्दै टिप्पणी गरेका छन् । उनले सुगौली सन्धीअनुसार लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको भूभागको भनेर कांग्रेसले यस अघि नै भनिसकेको र त्यो हालै काँग्रेसका सभापति शेरवहादुर देउवाले जारी गरेको विज्ञप्तीले स्पष्ट पार्ने बताएका छन् । नेपाली कांग्रेस प्रतिपक्षी दल भएपनि नयाँ नक्सा जारी गर्ने विषयमा सरकारलाई आफुहरुको समर्थन रहेको अवगत गराएका छन् ।

त्यसैगरी कांग्रेसकै पूर्वसभापति सुशिल कोइराला प्रधानमन्त्री भएका बेला लिपुलेकमा भारत र चीनले नेपाललाई पत्तै नदिई गरेको सहमतिप्रति आपत्ति जनाउँदै दुवै देशलाई सो सरकारका तर्फबाट प्रोटेस्ट नोट पठाएको इतिहास सम्झन स्वराजलाई आग्रह गरेका छन् । नेपालले पठाएको नोटको वेवास्ता गर्दै भारतले बाटो उद्घाटन समेत गरिसकेको उनको भनाई छ ।

यसरी नेपाली भूमिमा हुने अतिक्रमण नेपाली कांग्रेसलाई स्वीकार्य नहुने र त्यसविरुद्ध सरकारलाई निशर्तः समर्थन रहेको छ उनले भनेका छन् । त्यसैले मनिषाको यो भनाईमा कुनै गल्ती छैन उनले स्वराजलाई स्पष्ट शब्दमा नेका छन् । उनले नेपालमा हुने हरेक घटनाक्रमलाई चीनबाट निर्देशित हुन्छ भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन् ।

Related Articles

Back to top button
Close