News

भारतीय सेना बिना अनुमति चीनमा पसेपछि, चिनियाँ सेनाले लियो आफ्नो कब्जामा !

एजेन्सी । भारतको सिमा विवाद नेपालसंग मात्र छैन । भारतको विस्तारवादी नीतिले उसको सिमानामा रहेका हरेक मुलुकसंग विवाद छ । अहिले नेपालले आफ्नो अतिक्रमित भूमी समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीय मिडिया तल्लो स्तरको गालीगलौजमा उत्रिएका छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नयाँ नक्सा स्वीकार नगर्ने प्रतिकृया दिएका छन् ।

भारतको चीनसंगको सिमानामा केही दिन देखि जारी विवाद उत्कर्षमा पुगेको छ । लद्दाखस्थित सीमा क्षेत्रबाट भारतीय सेनाको टोलीलाई चिनियाँ सेनाले नियन्त्रणमा लिएको छ । केही दिन अघि सोही सिमानामा भारतीय र चीनका सुरक्षाअधिकारीबीचको वादविवाद सार्वजनिक भएको थियो ।

भारतीय सेना बिना अनुमती आफ्नो क्षेत्रमा पसेपछि नियन्त्रणमा लिएको चिनियाँ सेनाले प्रतिकृया दिएको छ । नेपालमा पनि कहिले काँही भारतीय सेना हतियार सहित प्रवेश गर्ने गरेका छन् । तर चीनका सुरक्षाअधिकारीहरुले भने उनीहरुलाई नियन्त्रणमा लिएका छन् । तर भारतले भने चिनको सो दावी अस्विकार गरेको छ । भारतीय पक्षले भने यस कुरालाई अस्वीकार गर्दै सो खबरनै गलत रहेको दाबी गरेको छ । बिना अनुमती आफ्नो सीमा क्षेत्रमा प्रवेश गरेका भारतीय जवानलाई नियन्त्रणमा लिइ रिहा गरिएको भन्दै समाचार सार्वजनिक भएपछि भारतले त्यसको खण्डन गरेको हो ।

चीनले लद्दाखको प्याङ्‍गङ्ग ताल क्षेत्र र गालवन उपत्यका आसपाको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा सैन्य उपस्थिति समेत बढाउँदै गएको छ । यस्तै, भारतीय सेनाले विरोध गरिरहदा चीनले गालवन गल्छीमा दुई सातायता १०० अस्थायी क्याम्पसहित बंकर बनाउने मेसिन समेत उक्त स्थानमा पुर्‍याइसकेको छ । सो क्षेत्रमा केही समय यता दुवै पक्षको उपस्थिती बाक्लिएको छ ।

भारतीय सेनाले पनि प्याङ्गङ्‍ग ताल र गालवन गल्छीमा सैन्य क्षमता बढाउने कुरा बाहिर आएको छ । उक्त क्षेत्रमा यस महिना मात्रै भारत र चीनका सैनिकबीच तीन पटक झडप भइसकेको छ।

source:tajakhabar

Related Articles

Back to top button
Close