News

थप १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ ११ । नेपालमा एकपछि अर्को गर्दै धमाभम कोरोनाका संक्रमितहरु भेटीरहेका बेला आइतबार थप १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पुष्टी भएकामा मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण भएका छन् । नेपालमा कोरोनाका कारण ६०३ जनामा संक्रमण पुष्टी भएको छ भने ३ जनाको निधन भएको छ ।

Related Articles

Back to top button
Close