News

‘प्रेम र सम्मान’ भन्दै मनिषा कोईरालाको समर्थनमा शिल्पा पोख्रेल

ईटहरी/ नयाँ नेपालको नक्सामा खुसी मनाउ गर्दा नेपाली चेली मनिषा कोइरालाको भारतिय मिडियाले खेदो खन्यो । यस्मा नेपाली कलाकर्मीले मनिषाको समर्थन र भारतिय मिडियाको बिरोध गरिरहेका छन् । नायिका शिल्पा पोखरेलले पनि नेपाली चेली मनिषा कोइरालको समर्थन गरेकी छिन् ।

‘सबैको प्रेरणाको श्रोत, राष्ट्रको लागि तपाईंको अडान प्रशंसनीय छ । धेरै मानहानि र घृणाको सामना गर्नुपरे पनि, आशा छ कि तपाईं अझै बलियो हुनुहुन्छ । प्रेम र सम्मान, मनीषा कोइराला दिज्जु’, ‘हवल्दार सुन्तली’ शिल्पाले मनिषा कोइरालाको साथमा निर्देशक सम्झना रौनियार उप्रेतीसँगको तस्बिर राख्दै आफ्नो फेसबुकमा लेखेकी छन् । लकडाउनमा नायिका पोखेरल गृह जिल्ला विराटनगरमा बसिरहेकी छिन् ।

Related Articles

Back to top button
Close