News

अ,न्त,रजा,तीय प्रे,म गरेकै कारण युवाले ज्या,न गु,मा,ए : वडाध्यक्षसहित पाँचजना प,क्रा,उ


जाजरकोट : अन्तरजातीय प्रेम सम्बन्ध गाँसेर विवाहका लागि केटी लिन गएका जाजरकोटका एक युवाको ह,,त्या भएपछि पश्चिम रुकुम चौरजहारी नगरपालिकाका वडाध्यक्षसहित पाँच जनालाई प्रहरीले प,क्रा,उ गरेको छ । विवाहका लागि प्रेमिका लिन गएका जाजरकोट भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज विकको हत्या भएपछि चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डम्वरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल र आमा प्रकाशी मल्लसहित पाँचजनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक धर्मसिंह विष्टले बताए । उनका अनुसार घ,ट,नामा संलग्न अन्यलाई पनि नियन्त्रणमा लिने क्रम जारी छ।

भेरी नगरपालिका वडा नम्बर ४ राना गाउँका २१ वर्षीय नवराज विककी प्रेमिका पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीकी १७ वर्षीय सुस्मा मल्ललाई बेहुलीको रुपमा भित्र्याउन शनिबार १९ जना युवासहित गाउँ पुगेका बेलामा वडाध्यक्ष वीरबहादुर मल्लसहित सोतीका गाउँलेहरुले आ,क्र,म,ण गरेर ल,खे,ट्दा नवराजको भेरी नदीमा खसेर मृ,त्यु भएको र अन्य ६ जना बे,प,त्ता भएको प्रहरी निरीक्षक विष्टले बताए ।सुस्मालाई लिन नवराज सहितको युवाको समुह सोती पुगेपछि उनका आमाबुवाले गाउँलेलाई बोलाएर आ,क्र,म,ण गरी ल,खे,टे,को प्रहरीले जनाएको छ । पीडितपक्षले भने ह,,त्या गरेर भेरीमा फा,लि,दि,ए,को दावी गरेका छन् ।

प्रहरी निरीक्षक विष्टले घ,ट,ना,पछि जाजरकोटको भेरी नगरपालिका ४ का गणेश विक, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, सन्दीप विक र पश्चिम रुकुमको चौरजहारी नगरपालिकाका टीकाराम सुनार बे,प,त्ता भएको बताए । नवराजसहितको युवा समुहलाई तल्लो जा,त,को केटाले ठकुरीकी छोरी भगाउन खोजेको भन्दै आ,क्र,म,ण गरी ल,खे,टे,को स्थानीयको भनाइ छ । तर माइती पक्षले भने केटीको उमेर नपुगेको र केटीले विवाहको लागि अस्वीकार गरे पनि ज,ब,र,जस्ती लान खोज्दा वि,वा,द भएको दा,वी गरेका छन् । घ,ट,ना,पछि प्रहरी सम्पर्कमा गएका १२ जनामध्ये भेरी नगरपालिका वडा नम्बर ४ का सुदीप खड्का गम्भीर घा,इ,ते भएको प्रहरीले जनाएको छ ।

मृ,त,क नवराजको ला,,स जाजरकोट र पश्चिम रुकुमको सिमाना रहेको धल्ला स्थित भेरी नदीको किनारामा भेटिएको प्रहरीले जनाएको छ । नवराजसँगै सोती पुगेका अन्य १२ जना इलाका प्रहरी कार्यालय चौरजहारीमा रहेको र उनीहरुसँग घटनाका बारेमा सोधपुछ गर्ने काम भइरहेको प्रहरी निरीक्षक विष्टले जानकारी दिए । घ,ट,ना,पछि बे,प,त्ता भएका अन्य ६ जनाको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ । मृ,त,क,को सवको पो,ष्ट,मा,र्ट,मका लागि जिल्ला अस्पताल ल्याइएको र घ,ट,ना,बारे

अ,नु,स,न्धा,न भइरहेको जाजरकोटका प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए ।घ,ट,ना जातीय विभेदका कारणले घ,टे,को, भए गम्भीर अपराध ठहरिने दलित अधिकारकर्मी बताउँछन् । केटा र केटीको मन मिले जातीय विभेदको नाउँमा कसैले पनि रो,,क्न नमिल्ने तर उमेर नपुगेको र सहमती नभएको भए पनि भौतिक आ,क्र,म,ण गरेर ज्या,न लिने हर्कत अक्षम्य नहुने दलित अधिकारकर्मी वीरबहादुर विकको भनाइ छ । यस्तो घ,ट,ना,मा संलग्न जो कोहि भए पनि स,जा,य,को भागी हुनै पर्ने उनको भनाइ छ ।

Related Articles

Back to top button
Close