News

दुई चालकको ज्यान जाने गरी टोखामा यसरी जुधे मोटरसाइकल (भिडियोसहित)

काठमाडौं, ११ जेठ । लकडाउनमा घाम नझुल्कँदै तिव्र गतिमा हुइँकिएका विपरित दिशाबाट आएका दुई मोटरसाइकल जुध्छन् । दुवै मोटरसाइकल सडकको छेउसम्म पुग्ने गरी पछारिन्छन् ।

यो घटना काठमाडौँको टोखा नगरपालिका–२ पञ्चेटारमा आइतबार बिहान भएको हो । दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय मनोज दुलाल र पासाङ तामाङ रहेको र दुवै मोटरसाइकल चालक रहेको बताइएको छ ।

बिहान ५ बजे बा८५प ५६६ र बा९१प ११८८ नंको मोटरसाइकल एकापसमा ठक्कर खाई भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

Related Articles

Back to top button
Close