Video

दु’र्घटना लगत्तै ‘आज मेरो दु:खको दिन रैछ’ भन्दै भाग्य न्यौपाने आए फेसबुक लाइभ(हेर्नुस भिडियो )

काठमाडौं ११ जेठ / केहिबर्ष यतादेखि सामाजिक कार्यमा सक्रिय युट्युबर भाग्य न्यौपाने चढेको मोटरसाइकल दुर्घटना भएको छ । राजधानी बाहिर बिरामीको लागि उपचार खर्च पुर्‍याउन जानेक्रममा मोटरसाइकलको ब्रेक लक भएर दुर्घटना भएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) बाट बच्न सरकारले लकडाउन घोषणा गरेसँगै निम्न परिवारका व्यक्तिहरुलाई भाग्य न्यौपानेले सहयोग गर्दै आएका थिए ।
त्यसै क्रममा चितवनमा भएको एक बिरामी लाई पैसा अभावमा उपचार गर्न नसकेको भन्दै फोन आएपछी आइएमइ मार्फत पैसा पठाउन जाँदै गर्दा भक्तपुरमा दुर्घटना भएको उनले जानकारी गराएका छन।

हाल उनको उपचार भइरहेको र अवस्था सामान रहेको कुरा केही समय अघि सामाजिक सन्जाल फेसबुक मार्फत जानकारी गराएका थिए । नेपाल तथा बिदेशमा समेत हजारौ फ्यान कमाएका भाग्य न्यौपानेले फेसबुक मार्फत आफू दुर्घटनामा परेको खबर सुन्न साथ सबैले उनको अबस्था बारे बुझ्न खोजेपछी उनले फेसबुकमा लाइभ गरेरै आफ्नो स्वास्थ स्थिति बारे सबैलाइ जानकारी गराएका थिए,
यो पनि हेर्नुहोस।

यो हेर्नुस भिडियो /
https://m.facebook.com/hem.neupane.56/videos/893931721093165/

Related Articles

Back to top button
Close