News

३५ घण्टासम्म भेटिएनन् जनकपुरधाममा झ्याल फोडेर भागेका कोरोना संक्रमित

आइतबार बिहान करिब ३ बजे जनकपुरधामको आइसोलेसन कक्षबाट भागेका सर्लाहीका ४० वर्षीय कोरोना संक्रमितलाई धनुषा प्रहरीले झण्डै ३५ घण्टा बितिसक्दा पनि पक्राउ गर्न सकेको छैनन्।

४० वर्षीय ती कोरोना संक्रमित प्रादेशिक अस्पतालमा रहेको कोभिड १९ विशेष अस्पतालबाट झ्याल फोडेर भागेका थिए।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले भागेका संक्रमितको खोजी भइरहेको बताए।

‘संक्रमितको मानसिक अवस्था समेत ठीक नभएकाले उनले अरु व्यक्तिमा समेत संक्रमण फैलाउने खतरा बढेको छ’, प्रहरी नायब उपरीक्षक कार्कीले भने।

डिएसपी कार्कीका अनुसार प्रहरीले निरन्तर करिब ३० घण्टादेखि खोजी कार्य जारी नै राखेको छ।

Related Articles

Back to top button
Close