News

वर्षा राउतका कारण वर्षा सिवाकोटी तनावमा, भनिन् कमेन्ट गर्नुअघि नाम थर हेर्ने गर्नु !

काठमाडौँ, जेठ १२- सारा नेपालीले भारतले अतिक्रमण गर्ने चेष्टा राखेको कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा खुलेर बिरोध गर्दा नायिका वर्षा राउतले भने विबादास्पद बयान दिइन राउतले लाइभ भिडियोमा गरेको टिप्पणीका कारण उनको तीब्र बिरोध भयो ।

एक युट्युव च्यानलसँगको अन्तरावार्ताका क्रममा नायिका बर्षा राउतले भारत र नेपाली पत्रकारहरुले विबादित भूमि आ आफ्नो भएको दाबी गर्दा आँफुलाई अप्ठ्यारो भएको भन्ने विबादास्पद प्रतिक्रिया दिएर माफी समेत मागेकी थिइन् । र उनले माफी माग्दै अब देखि बोल्ने क्रममा आफुले ख्याल गरेर मात्रै बोल्ने बताएकी छिन् ।

त्यस्तै अर्की नायिका वर्षा सिवाकोटीले नाम एउटै मिल्न गएकोमा आफुलाई समस्या भएको बताएकी छिन् । वर्षा सिवाकोटीले हालै सामाजिक संजाल मार्फत स्टाटस लेख्दै नामका कारण आफुलाई तनाब सिर्जना भएको बताएकी छिन् । उनले नमस्ते गरेको तस्विर शेयर गर्दै ‘नमस्ते म वर्षा सिवाकोटी धन्यदाद ।

उनले तल कोष्ठमा लेखेकी छिन् ‘मेसेज पठाउनु र कमेन्ट गर्नुअघि नाम थर हेर्ने कष्ट गरिदिनुहोला । नाम मिल्न गएकोमा फ्यानहरुले अनेक अनेक कमेन्ट गरिरहेका छन् । त्यसैकारण कमेन्ट प्रति उनले स्टास लेख्दै आफुलाई असजिलो महशुस भएको बताएकी छिन् ।

Related Articles

Back to top button
Close