News

पूर्वाधार विनाको उद्योग–व्यापार

पहिलो पटक चीनको बुहान शहरबाट काेराेनाभाइरस (कोभिड–१९) देखापरेपछि त्यहाँको सरकारले लकडाउन गर्दा नेपालमा रहेको मौज्दात कच्चा पदार्थ चीनवाट आयात भएका तीन महिनाको अन्तरालमा खपत भैसकेको थियो। जसवाट बजारमा कच्चा पदार्थको अभाव देखापरिसकेको व्यापारीहरुले महसुस गरिसकेको थियो ।
भारतबाट आयातित कच्चा पदार्थले आंशिक रुपमा उद्योग ब्यापार ब्यबसाय चलेको थियो। अहिले कच्चा पदार्थ आयात नभई उद्योग खुलेपनि कोमामा बसेको बिरामी जस्तै उद्योगलाई कुरेर बस्नु पर्ने अबस्था सिर्जना भैसकेको व्यापारीहरुको भनाई आइसकेको छ।

यस विषयमा सम्बन्धित निकायले बिशेष रुपमा सावाधानिपूर्वक सहजिकरण गर्ने कानूनी नीति तथा पूर्वाधार तयार नगर्ने हो भने बेरोजगारीको संख्या बढ्ने र भएको उद्योग व्यबसाय धरासायी हुन गई अर्थतन्त्रमा दीर्घकालिन असर पर्ने आँकन गर्न थालिएको छ। देशको मेरुदण्ड भनेकै व्यापार व्यवसाय नै हो ।
जारी लकडाउनले गर्दा उद्योगधन्दा तथा व्यापार व्यवसाय पूर्णत बन्द अवस्थामा रहेको छ। दुई महिनाभन्दा लामो समयदेखि देश लकडाउनमा रहंदा दैनिक करोडौ करोडको नोक्शानी भइरहेको छ । व्यापार घाटा अत्याधिक बृद्धि भैरहेको छ। त्यस घाटालाई पूर्ति गर्न बर्षौ बर्ष लाग्ने निश्चित भैसकेको छ ।

यस अवस्थामा सरकारले उद्योगधन्दा, व्यापार व्यवसायमा उल्लेखनीय प्रगति गर्न र गराउन विभिन्न प्याकेज ल्याउनु अत्यावश्यक भैसकेको छ। सरकारले विना पूर्वाधार लकडाउनमा र लकडाउन पश्चात उद्योगधन्दा तथा व्यापार व्यवसाय संचालन गराउन आवश्यक सवै पूर्वाधार तयार गर्न र गराउन लगाउनु पर्दछ ।
अर्कोतर्फ उद्योग, व्यापार र व्यवसाय भनेको एक रथका दुई पांग्रा हुन । उद्योग खोल्नु भनेको उद्योग सम्बद सबै आपूर्ति गर्ने व्यापार व्यवसाय खोल्नु, कच्चा पदार्थ ढुवानीकर्ता–आपूर्तिकर्ता आयात निर्यात सहजीकरण हुनु र त्यस सम्वन्धित कार्यालय खुल्नु पर्दछ।
उत्पादन गरेपछि विकी गर्नको लागि बजार खोल्नु पर्यो । बजार नखोलिकन उद्योग कलकारखाना मात्र खोलेर पनि हुदैन। कतिपय यस्ता प्रकृतिका वस्तु हुन्छन् । जुन उत्पादन भएलगतै वजारमा पुर्याउनु पर्ने हुन्छ। सरकारले लकडाउनमा खोलेका उद्योगहरु र अव खोल्न बाँकी उद्योगहरु एक आपसमा जोडिएका छन् । जसरी आकस्मिक रुपमा विश्व वजार ठप्प हुन पुग्यो।

त्यस्तैगरी अव खोल्दा लिखित रुपमा पानामा वा मौखिक रुपमा वोलीमा खुलेपनि पूर्णरुपमा संचालनमा आउन ३ महिनादेखि ६ महिनासम्म लाग्ने अनुमान गर्न सकिन्छ । उद्योग–कलकारखाना खोल्नका लागि सरकारले आर्थिक दायरा र कानूनी संरचनाको पूर्वाधार मजवुत पार्नु पर्दछ। जसको लागि सरकारले व्यापक गृहकार्य गर्नु पर्ने हुन्छ।
तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात नभई हाम्रो देशमा खुलेका उद्योगहरु पानी बिनाको माछा जस्तै हुनेछ। त्यसैले संभब भएको मुलुकबाट कच्चा पदार्थ आयतको निम्ति सहकार्य गरि कच्चा पदार्थ आयात गर्ने तर्फ ध्यान दिनु जरुरी देखिन्छ।
लकडाउनले ल्याएको यो समस्यालाई दूर गर्न र गराउन सरकार नै प्रमुख अभिभावक बनेर प्रभावकारी भूमिका निर्वाह गर्न पछि हट्नु हुंदैन। समस्यासंगै समाधान पनि आउने भएको कारण ती समाधानका अनेक उपाय लगाएर भएपनि थला परेको उद्योगधन्दा तथा व्यापार व्यवसायलाई उकास्न जरुरी छ ।

Related Articles

Back to top button
Close