Video

नेपाल भारत सीमा मुद्धाले नेपाली सेलिब्रेटीको फेक अ,श्लिल भिडियो सार्वजनिक गर्ने धम्की भारतियले दिएपछी(भिडियो हेर्नुहोस)

इण्डियन स्पाइडर स्क्वाडले नेपाली एक दर्जन नेपाल नायिकाको नक्कली अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिएको छ । एक जना नायिका त फेक अश्लिल अश्लील भिडियो सार्वजनिक नै गरिसकेको छ । इण्डियन स्पाइडर स्क्वाडको यस प्रकारको घृनित कार्य र धम्कीसँगै केही नेपाली नायिकाले यस्को बिरोध गरेका छन् । नायिकाद्वय पूजा शर्मा र आँचल शर्माले फेसबुकमा बिरोध जनाउँदै स्टाटस लेखेका छन् ।

पूजा शर्मा : यस्तो घटिया सोच र कार्य गर्नेहरु विरुद्ध हामी सबै विवेकशील प्राणी एक भएर लाग्नु जरुरी छ । कसैलाई पनि कसैको इज्जत अस्मिता माथि खेलवाड गर्ने अधिकार छैन । कलाकारलाई मात्रै नभएर यो तपाई हामी सबैलाई पर्न सक्छ ।समयमै सजक हौ । यसको विरुद्ध तुरुन्तै कानुनी उपचार खोजौं । हाम्रो छाता संगठन नेपाल चलचित्र कलाकार संघलाई तुरुन्तै पहल गर्नको लागी हार्दिक अनुरोध गर्दछु । आफ्नो मात्र हैन अरुको पनि इज्जत गर्न सिकौं । यसको विरुद्ध सबै एकजुट हौं । जय देश ! जय नारी अस्मिता !

आँचल शर्मा : आफ्नो देशको बारेमा बोल्दा, राष्ट्रिय एकताको बिषयमा अडिग भएर एउटै आवाज निकाल्दा हामी नेपाली छोरी चेलीले यस्तो सहनु पर्ने ? जसले त्यस्ता प्रकारका अश्लिल भिडियो बनाएर हाम्रो चरित्र हत्या गर्ने र मानसिक तनाव दिने कार्य गरेका छन् । तिनीहरुको विरुद्धमा एक भएर अघि बढ्न जरुरी छ । यति बेला तपाई समस्थ साथी भाई अनि शुभ चिन्तकको साथको जरुरी छ मलाई । कृपया सहयोग गरिदिनुस् । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close