News

मानवता हराएको समाज, प्रेम गरेकै कारण नवराजले गुमाए ज्यान, नेपालि कलाकारहरु यसरि दुख पोखे भिडियो सहित

जाजकोटका २० बर्षिय युवा नवराज विश्वकर्मा ले प्रेम गरेका कारण नै ज्यान गुमाउनु पर्यो। दलित भएर उपल्लो जातकको केटिसंग प्रेम गरेकै कारण उनि र उनका साथीले ज्यान गुमाए। यो बिषयमा के भन्छन् त सेलिब्रेटी?

अभिनेत्री केकी अधिकारी लेख्छिन्:
‘के फुर्ति लाउनु समाज भनेर ? यस्तो छ हाम्रो समाज । यो हो वास्तविकता हाम्रो । परिवर्तित समाज रे । खै जसको लागि परिवर्तन हुनुपर्ने हो उस्को लागि जस्ताको तस्तै छ, अझ ध्वस्त छ यो समाज । यही समाजको अंश भन्न नि लाज हुने । मानवता नभएको समाज । छि : !’

निर्देशक कलाकार निश्चल बस्नेंत लेख्छन्:
‘हामी चेतनसील प्राणी हौं भने आजैदेखि आफ्नो घरमा कुरा गरौं । कुरा गरौं, नामको पछी जोडिने जात को । जातले मानिसमा घृणाको बिऊ छर्छ भने यो पहिचान के काम को भयो । हामिले परिवर्तन गर्ने भनेको हाम्रो समयको समाज हो । मानिस भएर मानिसलाई नै तल्लो जात र माथील्लो जातमा तौलिने समाजले प्रगती गरेर के नै नाप्छ र ? मान्छेलाई जातले ठुलो सानो बनाउँदैन, उसको सोच, उसले गर्ने कर्मले देखाउँछ ।

उसलाई समाजले कतिको मान सम्मान दिन्छ भनेर भन्ने कुरा तपाई हाम्रै आफन्तसंग कुरा गर्न थालौं । यो जातको नाममा हुने कुरितिको घैंटो फुटाउन हामिले आफ्नै घरबाट कुराकानी सुरु नगरे आउने दिनहरुमा यस्ता घटना फेरी देख्न सुन्नु पर्नेछ । कानुन छ, कानुन पनि लाग्छ यस्तो रित अपनाउनेहरुलाई तर कानुनले कसुरवार ब्यक्तिलाई सजाय दिन सक्छ । यस्ता सोच नै बदल्न चै तपाई हामी यहि समाज भित्रका मानिसहरुले नै यहि समाजभित्रै बस्ने त्यस्ता मानिसको घैंटोमा घाम लाग्ने गरी आवाज ठुलो बनाउन जरुरी छ । समाज बदल्ने हो भने सोच बदल्न तिर लागौं’

अभिनेत्री बर्षा शिवाकोटी लेख्छिन्:
विश्व भनिनै रहन्छ, जात, वर्ग, लिङ्ग केहीको भेद भाव छैन् । तर हामी त नेपाली होनि (एक्दम फरक) । शताब्दी भन्छ २१ चरणमा पो छौं । उहीलेको कुरा नगर, तर हामी नेपाली हो नि (एकदम फरक) । प्रेम भन्छ, म अन्धो छु, मन मात्र हेर्छु तर हामी नेपाली होनि, उपहार मा मृत्यु दिन्छौं (एक्दम फरक) । खै कहिलेसम्म नेपाली होनि भनेर गर्व गर्नु !! विरोध त सधै गरिन्छ तर यस्ता घटना पनि भैनैरहन्छ । के यो सबको अन्त्य कतै छ ?हृदय देखि प्रेम गर्नु अपराध हैन, हत्या गर्नु अपराध हो’

कलाकार दिपकराज गिरि लेख्छन्:
कोरोना बाट बॉच्न के के उपाय गर्नु पर्छ त्यो त WHO , सरकार सबैले बताए!!!
आजको यूगमा पनि दलितहरू प्रेम गरेको आरोपमा मारिदै छन् यस बाट बच्ने उपाय चाहि कस्ले बताउछ होला?

Related Articles

Back to top button
Close