Wednesday, January 20

बेपत्ता भएका घिसिङ सुनकोशीमा मृत अवस्थामा फेला

December 30, 2020 86

सिन्धुली–बेपत्ता भएका विर सिं घिसिङ सुनकोशीमा मृत अवस्थामा फेला परेको छ । हराएको १३ दिन पछि घिसिङ सुनकोशी गाउँपालिका वडा नं.२ स्थित (मधु बगर) कमेरे फाँट नजिकै सुनकोशी नदिमा मृत अवस्थामा फेला परेको हो ।

तेमाल गाउँपालिका वडा नं. ९ चोपटार स्थायी घर भएका घिसिङ स–परिवार सहित सुनकोशी गाउँपालिका वडा नं. २ गजुलीदहमा बस्दै आएका थिए । ४६ बर्षिय विर सिं पौष २ गते चोपटार बाट अस्थाई निवास गजुलीदह तर्फ आउँदै गर्दा सोही दिन साँझ ०६ः१८ बजे देखि सम्पर्क बिहिन भएको थियो ।

लासलाई धुलिखेल अस्पालमा पोष्टमार्टम गरी बौद्घ परम्परा अनुसार स्वयम्भु आर्यघाटमा दाह सस्ँकार गरिदै पारिवारीक स्रोतले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्