News

नवराज विकको प्रेमिकाको घर मै पुगेर स्थानीयसंग गरिएको कुराकानी हेर्नुहोस, मिडियामा आएको भन्दा फरक कथा सुनाए स्थानीयले (घटनास्थलको दृश्यसहितको भिडियो)

जाजरकोट, १४ जेठ । शनिबार पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनावि रुद्ध कि टानी जा हेरीसमेत दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनावि रुद्ध कर् तव्य ज्यानसम्बन्धी कि टानी जा हेरी दिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताउनुभयो ।

दलित अधिकारकर्मी र पीडित परिवारले घ टनाबारे निष्पक्ष छानबिन हुनुपर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने, बे पत्ताको तत्काल खोजी गर्नुपर्नेलगायत माग राखी जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले पीडितका माग सम्बोधन गर्ने र माग पूरा गर्ने सम्बन्धमा सम्बन्धित निकायमा आवश्यक पहल गरिने आश्वासन दिएपछि पीडित परिवार शव बुझ्न सहमत भएका हुन् । चौरजहारी नगरपालिका–८ का टीकाराम सुनारको शव परीक्षण गरिएको छ भने अन्य दुई जनाको आज परीक्षण गरिने प्रजिअ पन्तले बताउनुभयो । हराएका तीन जनाको खोजी भइरहेको जनाइएको छ । खोजीमा स्थानीयवासी, नेपाली सेना, स शस्त्र प्रहरी र नेपाल प्रहरीका जवान संलग्न छन् । गोताखोरलगायत प्राविधिक स्रोत साधन नहुँदा बेपत्ताको खोजीमा समस्या भएको जिल्ला प्रहरी प्रमुख प्रनाउ श्रेष्ठले बताउनुभयो ।

भेरी नगरपालिका वडा नं ११ का लोकेन्द्र सुनार र गोविन्द शाही तथा वडा नं ४ का सन्दीप विक अझै बेपत्ता छन् । बेपत्ताको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा तथा चौरजहारीका –८ का सुनारको श व यसअघि नै फेला परिसकेको छ ।

घटनाको अ नुसन्धानका लागि रुकुम प्रहरीले प्रहरी निरीक्षक कवि रोकालाई खटाएको छ । वडाध्यक्षसहित १२ जनालाई नि यन्त्रणमा लिएर घ टनाबारे अ नुसन्धान भइरहेको उहाँले बताउनुभयो । “ह त्या हो या भागदौडमा मृत्यु भएको हो अहिले नै भन्न सकिन्न, अ नुसन्धानपछि यथार्थ विस्तारै खुल्छ”, उहाँले भन्नुभयो, “शव परीक्षण रिपोर्टले पनि अ नुसन्धानमा सहयोग पुग्ला ।”

दो षीलाई कानूनी दायरामा ल्याउन आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले अन्तरजातीय विवाहको विषयलाई लिएर यही जेठ १० गते रुकुमपश्चिममा भएको अ मानवीय आप राधिक घटनाका दोषीलाई कानूनी दायरामा ल्याएर का रवाही गर्न आग्रह गरेको छ ।

आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा अन्तरजातीय विवाहको विषयलाई लिएर भएको अमा नवीय घटनाप्रति दुःख व्यक्त गर्दै सूक्ष्म र निष्पक्ष छानबिन तथा अ नुसन्धान गरी घटनामा संलग्न प्रत्येकलाई कानूनी दायरामा ल्यार्इ का रवाही गर्न सरकारलाई आग्रह गरिएको हो । जातीय विभेदको पराकाष्ठाकारूपमा देखिएको उक्त घटनामा नवराज विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढाको ह त्या तथा अन्य तीन जनाको स्थिति अ ज्ञात रहेको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

देशका विभिन्न जिल्लामा विगत केही समययता बढ्दै गएको जातीय वि भेदको घटनाप्रति शून्य सहनशीलता कायम गरी सबै घ टनाको सुक्ष्म र निष्पक्ष अ नुसन्धान गरी शीघ्र का नूनी का रवाही गर्न तथा घटनामा जीवन गुमाउनेका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनसमेत आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

समाजमा जातीय विभेदको स्थितिलाई निर्मूल पार्न व्यवस्था गरिएको नेपालको संविधानले छुवाछूत तथा भे दभाववि रुद्धको हक, सम्मानपूर्वक बाँच्न पाउने हक, जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव, नेपाल पक्ष भएको सबै किसिमका जातीय भेदभाव उन्मूलनसम्बन्धी अन्तराष्ट्रिय महासन्धिविपरीत भएको आयोगले जनाएको छ ।

त्यस्तै नेपाल बार एशोसिएसनले अन्तरजातीय विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुमपश्चिममा भएको अ मानवीय आ पराधिक घटनाको यथाशीघ्र अ नुसन्धान गरी दो षीलाई कानूनी का रवाही गर्न सरकारसँग माग गरेको छ । महासचिव लीलामणि पौडेलले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा दो षीलाई का रवाही तथा पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराइ भविष्यमा यस्ता प्रकारका घटना समाजमा दोहोरिन नदिन अपनाउनुपर्ने जनचेतनाका लागि ठोस कदम चाल्न सरकारसँग माग गरेको हो ।

जाजरकोट जिल्ला भेरी नपा–४ निवासी नवराज विक र रुकुमपश्चिम चौरजहारी नपा–८ निवासी सुष्मा मल्लबीचको प्रेमलाई वैवाहिक सम्बन्धमा अगाडि बढाउने सन्दर्भमा भएको घटनमा तीन जनाको निधन भएको र अन्य तीन बे पत्तासमेत भइरहेकाप्रति बारले ध्यानाकर्षण जनाएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले रुकुमपश्चिममा भएको नृ शंस ह त्याका ण्डले देशलाई नै स्त ब्ध बनाएको भन्दै घ टनाको निष्पक्ष र गहन छानबिन गरी दो षीलाई कडा का रवाही गर्न माग गरेको छ । कानूनीरूपमा जातीय वि भेद र छु वाछूतलाई द ण्डनीय बनाइएको छ तर नयाँ संविधानपछिको नेपालमा अझै पनि यस्ता घटना हुनु दुःखद् भएको उल्लेख गर्दै काँग्रेसले रुकुमको घटनालाई दलित समुदायमाथिको हिं साका रूपमा लिएको जनाएको छ । प्रेम सम्बन्धमा जातीय प्रश्न खडा गरेर भएको ह त्याको दो षीलाई द ण्डित गर्न काँग्रेसले माग गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्तिमार्फत लकडाउनका समयमा एक जिल्लाबाट अर्को जिल्लामा युवाको समूह जाँदै गर्दा रोक्ने कार्य प्रशासनले गरेको भए सायद त्यस्तो अप्रिय घटना हुनसक्ने थिएन, आ क्रमणको घटना हुँदै गर्दा पनि राज्यको उपस्थिति नदेखिएको तथ्यलाई गम्भीरतापूर्वक लिँदै काँग्रेसले केन्द्रीय सरकारको धारणा माग गरेको छ । मङ्गलबार प्रतिनिधिसभाको बैठकमा समेत संसदले रुकुमपश्चिमको घ टनाको दो षीमाथि का रवाहीको माग गरिएको छ । सरकारले पाँच सदस्यीय समितिसमेत गठन गरेको गृहमन्त्री रामबहादुर थापाले बताउनुभयो ।

नवराज विकको प्रेमिकाको घर मै पुगेर स्थानीयसंग गरिएको कुराकानी हेर्नुहोस :

घटनासंग सम्बन्धित गाउलेहरुसंग गरिएको कुराकानी हेर्नुहोस :

तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे । नवराज र उनका १९ जना साथी बाटोमा हौसिँदै गएको बताउँछन् । तर जब युवा सोती पुगे, माहोल एकाएक बिग्रियो ।

कथित दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिले पनि उनीहरु विवाह बन्धनमा बाँधिन चाहन्थे । तर, नवराजका आमाबाबालाई भने अन्तरजातीय विवाह मन परेको थिएन । छोरीले ढिपी गरेपछि हुन्छ भन्ने मुडमा आफूहरु पुगेको अभिभावक बताउँछन् । त्यसैले नवराज शनिबार राति आफ्ना साथीहरुलाई लिएर दुलही ल्याउन सोती गएका थिए ।

पटक–पटक मानसिकरूपमा तनाव र शारीरिकरूपमा कुटपिट व्यहोरोका नवराजलाई शनिबार ठूलो सङ्ख्यामा साथी लिएर आउनु भनी युवतीले सल्लाह दिएका कारण सोहीअनुसार १९ साथी लिएर सोती गएका थिए ।

जब उनीहरु घर नजिकै पुग्दा युवतीभन्दा, युवतीकी आमाको नजर युवामा प¥यो । त्यसपछि उनले “जति पिटाइ खाए पनि केही लागेन है, फेरि आइस् आज त मारेर फालिन्छ” भन्दै गाउँका मानिसलाई बोलाएपछि युवामाथि कुटपिट शुरु भएको घाइते युवा आशिष विकले बताए ।

कुटपिट शुरु हुँदै गर्दा आफूहरु भागेर करिब चार किलोमिटर दूरी पार गरेको आशिषको भनाइ छ । लखेटी–लखेटी भेरी नदीसम्म पुर्याउँदा धेरै साथी घाइते भएको उनको दाबी छ । नवराजको शनिबार नै मृत्यु भयो भने ज्यान बचाउन नदीमा हामफालेकामध्ये चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढाको पानीमै डुबेर मृत्यु भयो ।

कुटाइबाट घाइते भएका युवाले पानीमा पौडिन नसक्दा मृत्यु भएको घाइतेले बताएका छन् । अन्य भेरी नगरपालिकाका सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाही अहिले पनि बेपत्ता छन् ।

मृतक युवाका बुवाले भने, “हाम्रो जात नमिलेकै हो, यो विवाह ठिक छैन भनेर मैले पटक–पटक भनेको थिएँ । दुईपटक प्रहरीकहाँ उहाँहरुले आफैँ उजुरी गर्दा छलफलमा जाँदा उहाँहरु आफैँ छलफलमा नआउँदा हामी फर्किएका थियौँ ।”

नवराजका बाबाका अनुसार ती युवती पुसमा दुईपटक नवराजको घरमा आएकी थिइन् । नवराजका बुवाले यो अन्तरजातीय कुरा भएकाले सम्भव छैन भनी पठाइदिएका थिए । “शनिबार बुहारी लिन जाँदा यो अवस्था आयो”, नवराजका बुवाले भने ।

घाइते युवा सरोज भँडेल भन्छन्, “हामी आधा घण्टासम्म सडकमा दैडिरहेका थियौँ । सडक तेर्सो भएकाले मारिने डर भएपछि नदीमा हामफालेका थियौँ । आफूहरुले नदीमा हामफाले पनि ढुङ्गामुढा गर्न छाडिएन । प्रहरी आएपछि हामीलाई पक्राउ गरेपछि बल्ल हामी सुरक्षित भएको महसुस भयो ।”

घटनामा दोषी रहेको आरोपमा रुकुम प्रहरीले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ललगायत १२ जनालाई पक्राउ गरिएको जाजरकोटका प्रहरी नायब उपरीक्षक (डिएएपी) किशोर श्रेष्ठले बताए । मृतक युवाको शव जाजरकोट अस्पतालमा राखिएको छ । घटनालाई ढाकछोप गर्न खोजिएको भन्दै आफन्तले शवको परीक्षण गर्न दिएका छैनन् ।

रुकुमपश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठकबहादुर केसीले दुवै जिल्लाका प्रहरीबीच समन्वय भएर छलफल चलिरहेको र अनुसनधान पनि जारी रहेको बताए । त्यस्तै घटनाको न्यायिक छानविन होस् र पीडितले न्याय पाऊन् भन्दै प्रतिनिधिसभा सदस्य सत्य पहाडीले माग गरेका छन् ।

त्यस्तै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, “नेपाल प्रहरीलगायत सम्बन्धित निकायको तर्फबाट तदारुकताका साथ उक्त घटनाको अध्ययन र अनुसन्धान कार्य भइरहेको छ, विश्वास गरौँ, घटनाको उचित छानविनसहित दोषीहरुलाई कारवाही हुनेछ । अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउन सबैले सहयोग गरौँ ।”

प्रनाउ केसीका अनुसार प्रहरीले वडाध्यक्ष मल्लका साथै केटी, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत १२ जनालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अन्यको खोजी भइरहेको छ ।

मृतक तीनै जनाको शव भेरी नदी किनारमा भेटिएको थियो । अन्यको खोजीकार्य जारी रहेको छ । घटनामा परेर भेरी नगरपालिकाका सुदीप खड्का, मदन शाही, सरोज भँडेल, आशिष विकलगायत १२ घाइते भएका छन् । खड्का र शाहीको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ भने अन्य सामान्य उपचारपछि घर फर्केका छन् ।

‘पश्चिमरुकुम घटनाको छानबिनका लागि संसदीय समित गठन गर्न माग’

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पश्चिमरुकुम घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै काँग्रेस सांसद मीनबहादुर विश्वकर्माले २१औँ शताब्दीमा जातीय हिंसा र नरसंहार हुनु सभ्य समाजका लागि सुहाउँदो विषय नभएको भन्दै सत्यतथ्य छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गर्नुभयो ।

उहाँले घटनामा बेपत्ता भएकाको खोजी, घाइतेको उपचार, मृतकका परिवारलाई क्षतिपूर्ति र घटनामा संलग्नलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपालको इतिहासमै ठूलो जातीय नरसंहार भएको उहाँको भनाइ थियो । “जातीय विभेदको घटनाबाट छ जनाको ज्यान गएको छ । तीन जनाको शव भेटिएको छ भने तीन जना बेपत्ता छन्”, उहाँले भन्नुभयो, “सरकारले सामान्य घटनामा छानबिन समिति बनाउने गरे पनि जातीय विभेदका कारण भएको घटनामा छानबिन समिति गठन नहुनु दुःखद् छ ।”

स्थानीय जनप्रतिनिधिको रहोवरमा घेराबन्दी गरेर दलित युवामाथि साङ्घातिक हमला गरिएको पाइएको उहाँले बताउनुभयो । “दलित युवालाई चार किलोमिटर लखेटेर भेरी नदी किनारमा लगेर हत्या गरिएको छ”, उहाँले भन्नुभयो, “प्रहरीले घटनाको सत्यतथ्य छानबिन गर्न असहयोग गरेको जस्तो बुझिएको छ, जिल्ला प्रशासन कार्यालयलाई घटनाको छानबिन नगर्न दबाब दिइएको पाइएको छ ।” उहाँले जाजरकोट घटनाका बारेमा गृहमन्त्रीले संसद्मा जवाफ दिन माग गर्नुभयो ।

सांसद पार्वतीकुमारी विशुन्खेले पश्चिमरुकुम घटनाले समग्र ६० लाख दलितको आत्मसम्मानमा चोट पुगेको भन्दै उच्चस्तरीय छानबिन समिति गठन माग गर्नुभयो । यस्तै रेणुका गुरुङले उक्त घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्नुभयो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्माले घटनाको प्रकृति, यथार्थ अध्ययन गर्न जाजरकोट र रुकुमका प्रशासन अन्ततः सक्रियतापूर्वक लागेको आफूले पाएको बताउनुभयो । स्थानीय पार्टी, सरकार घटनाको सत्यतथ्य छानबिन गर्न जुटेको जानकारी दिनुभयो ।

घटनाको छानबिन गर्न कुनै राजनीतिक दबाब हुनै नसक्ने उहाँको भनाइ थियो । “रुकुममा जातीय विभेदका घटनाको राजनीतिकरण हुँदैन, छानबिन हुन्छ”, जनप्रतिनिधिका हैसियतमा उहाँले भन्नुभयो । सांसद शर्माले आफ्नो धारणा राख्दै गर्दा नेपाली काँग्रेसका सांसदले आपत्ति जनाउँदै आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए । स्थानीय जनप्रतिनिधिको हैसियतले आफूले बोल्न पाउनुपर्ने बताउँदै पूर्वगृहमन्त्रीसमेत रहनुभएका सांसद शर्माले घटनामा राजनीति नगर्नसमेत आग्रह गर्नुभयो । घटनाको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग गर्दै उहाँले रुकुमको जनप्रतिनिधिको हैसियले आफूले सहयोग गर्ने बताउनुभयो ।

काँग्रेसका सांसदको विरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले उक्त घटनाका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको भन्दै संयमता अपनाउन आग्रह गर्नुभएको थियो । लगत्तै सभामुख सापकोटाले काँग्रेसका सांसद प्रकाश रसाइलीलाई बोल्ने समय उपलब्ध गराउनुभएको थियो । सांसद रसाइलीले घटनाका बारेमा गृहमन्त्रीको जवाफ चाहेको बताउँदै घटनालाई राजनीतिक प्रभावका आधारमा कमजोर बनाउन खोजिएको आरोप लगाउनुभयो । उहाँले रुकुमपश्चिम र जाजरकोटका सङ्घीय सांसदसहितको संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभयो ।

‘पाँच सदस्यीय समिति गठन’

बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त घटनाको छानबिनका लागि पाँच सदस्यीय छानबिन समिति गठन गरिएको बताउनुभयो । जाजरकोट र रुकुमपश्चिमबीचका केही युवाका बीचमा विवाहको विषयलाई लिएर भएको घटनाका सम्बन्धमा छानबिनका लागि गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत र गृह मन्त्रालयका उपसचिव सदस्य रहने गरी समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो ।

समितिलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्न अख्तियारी दिइएको छ । यही जेठ १० गते रुकुमपश्चिमको चौरजहारी नगरपालिका¬–८ आउला बस्ने वीरबहादुर मल्लकी छोरी १७ वर्षीया सुष्मालाई भगाई ल्याउनका लागि जाजरकोट भेरी नगरपालिका–४ का मोहन विकका छोरा २१ वर्षीय नवराजसहितको १९ जनाको समूह स्थानीय सोती पुगेको अवस्थामा झगडा भएको थियो । मन्त्री थापाका अनुसार युवतीलाई भगाई लाने क्रममा केटी पक्ष र केटा पक्षका आफन्तबीच झैझगडा हुँदा केटी पक्षकाले केटा पक्षलाई भेरी नदीतर्फ लखेटेका थिए । जाजरकोट भेरी नगरपालिका–४ बस्ने केटा पक्षका २१ वर्षीय सुदीप खड्का सामन्य घाइते भएको र केटा पक्षकै पाँच जनालाई अस्थायी प्रहरी पोष्ट रावतगाउँ र सात जनालाई इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको मन्त्री थापाले जानकारी दिनुभयो ।

हालसम्म फेला परेका शव परीक्षणका लागि जाजरकोट अस्पतालमा राखिएको छ । मन्त्री थापाका अनुसार मृतक नवराज विकको शव जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ स्थित भेरी नदीको बीच भागमा फेला परेको, रुकुम पश्चिम चौरजहारी–१ का लामिछाने बस्ने २० वर्षीय टीकाराम सुनारको शव जेठ ११ गते फेला परेको र जाजरकोट भेरी नगरपालिका–४ का १७ वर्षीय गणेश बुढाको शव फेला परेको छ ।

हालसम्म फेला नपरेकाको खोजी कार्य जारी रहेको छ । मन्त्री थापाका अनुसार भेरी नपा–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विकको खोजी कार्य जारी रहेको छ । बेपत्ताको खोजीका लागि आवश्यकताअनुसार गोताखोरसमेत परिचालन गरिने उहाँको भनाइ छ । नवराज विकसहितको समूहमा गएको रुकुमपश्चिम चौरजहारी नगरपालिका–१ का गोपाल बुढाथोकी बीच बाटोबाटै फर्केको, घाइते सुदीप खड्काको मिसन अस्पताल चौरजहारीमा उपचार गरी ‘डिस्चार्ज’ भइसकेको गृहमन्त्रीले जानकारी दिनुभयो । केटा पक्षको सम्पर्कमा आएका सबै १२ जनालाई इलाका प्रहरी कार्यालय चौरजहारीबाट जिल्ला प्रहरी कार्यालय जाजरकोटमा बुझाई सामान्य सोधपुछपछि आफन्तको जिम्मा लगाइएको मन्त्री थापाले बताउनुभयो ।

उहाँका अनुसार युवतीका बुबा बीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल र स्वयं युवती सुष्मा, वडाध्यक्ष डम्बर मल्ल, प्रत्यक्ष घटनामा संलग्न भनिएका सन्तोष मल्ल, मोहन पुनमगर, रमेश मल्लसहित १२ जनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । सामाजिक सद्भाव, जातीय सद्भाव कायम राख्न, शान्ति सुरक्षाको अवस्थालाई मजबुद बनाइराख्न जिल्ला प्रशासन कार्यालय जाजरकोट र रुकुमपश्चिमबाट समन्वयात्मक ढङ्गले काम भइरहेको गृहमन्त्रीले जानकारी दिनुभयो ।

सांसदहरु लक्ष्मी परियार, विमला विक, देवप्रसाद तिमिल्सिना, निरादेवी जैरु, सुजाता परियार, आशाकुमारी विक, उमाशङ्कर अरगरिया, विन्दा पाण्डे, खगराज अधिकारी, प्रेम सुवाल, बालकृष्ण खाँड, महेश्वर गहतराज, देवेन्द्रराज कँडेल, मानबहादुर विश्वकर्मा, तेजुलाल चौधरी, अमरेशकुमार सिंह, सरिता गिरी, शरत्सिंह भण्डारी, रामबहादुर विष्ट, विमला नेपाली, दुर्गाकुमारी विश्वकर्मा, दीलेन्द्रप्रसाद बडू, मीनेन्द्र रिजाल, गोपालबहादुर बमलगायतले घटनाको छानबिनका लागि उच्चस्तरीय संसदीय छानबिन समिति गठन गरी दोषीमाथि कडा कारवाही गर्न माग गर्नुभएको थियो ।

जफावमा गृहमन्त्री थापाले सरकार मुलुकमा कानूनी राज्य स्थापना गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सरकारले गठन गरेको छानबिन समितिले जतिसक्दो छिटो सत्यतथ्य सार्वजनिक गर्ने बताउनुभयो । सरकारले सत्यतत्थ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो । सरकारले गठन गरेको छानबिन समितिप्रति आशङ्का नगर्न आग्रह गर्दै उहाँले घटनामा संलग्नमाथि कडाभन्दा कडा कारबाही हुने प्रष्ट पार्नुभयो । उहाँले घटनालाई राजनीतिकरण नगर्न पनि आग्रह गर्नुभयो ।

रुकुम घटनाबारे कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण

भेरी नगरपालिका–४ जाजरकोटका नवराज विक र चौरजहारी नगरपालिका–८ रुकुमपश्चिमका सुस्मा मल्लबीचको प्रेम विवाहलाई लिएर भएको घटनाका विषयमा यहाँका प्रदेशसभा सदस्यहरुले सभाको ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभाको छैटौँ अधिवेशनको तेस्रो बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य सीताकुमारी नेपालीलगायत सभाका सबै सदस्यहरुले रुकुममा भएको जातीय वि’भेदको घटना छानबिन गर्न सोमबार नै प्रदेशसभामा उच्चस्तरीय समिति गठनको माग राख्दा पनि त्यस विषयमा सरकारले चासो नदेखाएको भन्दै उच्चस्तरीय समिति गठन गर्नेतर्फ सरकारको ध्यानाकर्षण गर्नुभयो । “२४ प्रतिशत दलित प्रतिनिधित्व रहेको कर्णाली प्रदेशमा बेलाबेलामा जातीय वि’भेदका अ’मानवीय घ’टिरहेका छन्”, सदस्य नेपालीले भन्नुभयो, “यो घटना निकै निन्दनीय छ । जति भ’त्र्सना गरे पनि कमी हुँदैन । यसअघिका घटनामा घटनास्थलमै पुग्ने प्रदेश सरकार यति नृशंस घटनामा पनि किन सरकारको उपस्थिति रुकुम घटनास्थलमा भएन ? जवाफ चाहन्छौँ हामी ।”

यो अ’मानवीय घटनाको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न प्रदेशसभामार्फत सरकारको ध्यानाकर्षण गराउँदै उहाँले यो गम्भीर घटनाको विषयलाई अन्ततिर मो’ड्न थालिए पनि सामाजिक सञ्जालमार्फत पत्रकार, नागरिक समाज, अधिकारवादी, राजनीतिक दल, स्थानीय सबैले नजीकबाट उक्त घटनालाई नियाँलिरहेको बताउनुभयो ।

प्रदेशसभा सदस्य दानसिंह परियारले रुकुम घटनामा संलग्न अ’पराधीलाई आगामी दिनमा के हुन्छ सरकार ? यसबारे उत्तर चाहियो भन्नुभयो ।

बैठकमा सभामुख राजबहादुर शाहीले रुकुममा यही १० गते घ’टेको घटनाबारे प्रदेशसभा सदस्यहरुले अधिवेशनको १२ र १३ गते बसेको बैठकको विशेष समयमा सदस्यहरुले बोलेको कुराले सभामार्फत सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । सभामुख शाहीले भन्नुभयो, “रुकुम घटनाले सभामार्फत सरकारको ध्यानाकर्षण भएको छ । यसको आवश्यक अनुसन्धान र अभियोजनका लागि सङ्घीय सरकारलाई अनुरोध गर्न कर्णाली प्रदेश सरकारका नाममा रुलिङ गर्दछु ।” रासस

दोषीलाई कानूनी कारवाही गर्न बारको आग्रह

नेपाल बार एसोसिएशनले अन्तर्जातीय विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुम पश्चिममा भएको अमानवीय आपराधिक घटनाको यथाशीघ्र अनुसन्धान गरी दोषीलाई कानूनी कारवाही गर्न सरकारसँग माग गरेको छ ।

महासचिव अधिवक्ता लीलामणि पौडेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा दोषीलाई कारवाही तथा पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराई भविष्यमा यस्ता प्रकारका घटना समाजमा दोहोरिन नदिन अपनाउनुपर्ने जनचेतनाका लागि ठोस कदम चाल्न सरकारसँग माग गरेको हो ।

जाजरकोट जिल्ला भेरी नपा–४ निवासी नवराज विक र रुकुम जिल्ला चौरजहारी नपा–८ निवासी सुष्मा मल्लबीचको प्रेमलाई वैवाहिक सम्बन्धमा अगाडि बढाउने सन्दर्भमा भएको घटनमा तीन जनाको निधन भएको र अन्य तीनजना बेपत्तासमेत भइरहेकाप्रति बारले ध्यानाकर्षण जनाएको हो ।

रुकुम घटना, निष्पक्ष छानबिन होस्

काठमाडौँ, १३ जेठ । प्रतिनिधिसभाकी सांसद पार्वती विशुन्खेले रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कडा का रवाही गर्न सरकारसँग माग गर्नुभएको छ । दैलेखबाट संसद्मा प्रतिनिधित्व गर्नुभएकी सांसद विशुन्खेले प्रेस विज्ञप्ति जारी गरी रुकुमपश्चिम चौरजहारी–८ मा कु टपि टबाट जाजरकोटका नवराज विश्वकर्मा र रुकुम चौरजहारी–१ कै टीकाराम विश्वकर्माको मृत्यु भएको घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा का रवाही गरी पीडित परिवारप्रति कानूनी राज्यको अनुभूति दिलाउन आग्रह गर्नुभएको हो ।

विज्ञप्तिमा भनिएको छ, “यसरी नै जातीय भेदभाव तथा छुवाछूतका घटना बढ्दै जाने हो भने संवैधानिक व्यवस्था भएको र संयुक्त राष्ट्रसङ्घको पक्ष राष्ट्र भएको यो राष्ट्रले महङ्गो मूल्य चुकाउनुपर्ने अवस्थालाई दृष्टिगत गर्दै जातीय छु वाछूतको सवाललाई शून्य सहनशीलता प्रभावकारीरूपमा कार्यान्वयन गरियोस् भनी सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु ।” शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँगको नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीय गाउँलेको कु टाइबाट नवराज र टीकारामको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी नेपाल दलित मुक्ति सङ्गठनले पनि विज्ञप्ति जारी गरी दोषीलाई हदैसम्मको कानूनी का रवाही गर्न, मृतक नवराज विक र टीकाराम विकलाई सांस्कृतिक शहीद घोषणा गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसमक्ष जोरदार माग गरेको छ ।

Related Articles

Back to top button
Close