Health

साबधान हर्टअट्याकले भन्दैन युवा र बुढो ‘लक्षण र बच्ने उपाए’ जानी राख्नुहोस

News
साबधान हर्टअट्याकले भन्दैन युवा र बुढो ‘लक्षण र बच्ने उपाए’ जानी राख्नुहोस

1 hour अघि 57 2 minutes read
पछिल्लो समय हृदयघातका कारण मृ’त्यु हुनेको संख्या बढ्दै गइरहेको छ । अस्वस्थ्य खानपान, योग व्यायाम, शारीरिक कसरतअदीका कमीका कारण यस्तो समस्यामा बृद्धि भइरहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । जसका कारण बेलैमा यसबारे सचेतता अपनाउन सकियो भने यसको असरलाई न्यूनिकरण गर्न सकिन्छ ।

आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर म’र्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्तो संकेत आउँछ भन्ने छैन तैपनि शरीरले कुनै न कुनै किसिमको संकेत भने दिन्छ । त्यसैले मुटुरोगबाट बच्नका लागि सचेत हुनु जरूरी छ । यहाँ दिइएकामध्ये कुनै पनि लक्षण देखिएमा तत्काल चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ ।

थकान कहिलेकाहीँ थकित हुनु त सामान्य हो । बेस्सरी काम गर्ने सबैलाई थकान त लागिहाल्छ । तर ससानो काम गर्दा पनि थकाइ लाग्न थाल्यो भने बुझ्नुस्, मुटुलाई दबाब पर्दैछ । मुटुले पर्याप्त मात्रामा रगत पाइरहेको छैन र हृदयघात हुन सक्छ भन्ने लक्षण हो यो । छाती बाउँडिएर आउनु भनेको हृदयघातको चेतावनी हो । मुटु बेस्सरी धड्किने र छाती, पिठ्युँ, दाह्रा, घाँटी, पाखुरा वा माथिल्लो पेट दुख्ने गरेमा पनि हृदयघात हुन सक्छ ।

सास फेर्न गाह्रो हुनु भनेको तपाईंको फोक्सोमा पर्याप्त अक्सिजन नपुगेको हो र धमनी ब्लक भएको संकेत हो । सास फेर्न गाह्रो हुने काम नियमित भइरह्यो भने खतराको घन्टीका रूपमा बुझ्नुपर्छ । तपाईं कमजोर र ऊर्जाहीन महसूस गरिरहनुभएको छ भने तपाईंका मांसपेशीले पर्याप्त अक्सिजन नपाएको लक्षण हो । हृदयघातको पहिलो चेतावनी हो यो ।

चक्कर र चिसो पसिना यस्तो लक्षण देखियो भने तत्कालै चिकित्सकको परामर्श लिनुपर्छ । बेस्सरी पसिना चुहिनु हृदयघातको प्राथमिक लक्षण हो र दिमागमा अक्सिजन नपुग्दा यस्तो हुन जान्छ । जाडोमा रुघा लाग्नु र ज्वरो फुट्नु स्वाभाविक हो । तर धेरै मान्छेलाई हृदयघातको एक महिनाअघि यस्ता लक्षण देखिन्छन् भन्ने थाहै छैन । खोक्दा शरीरको रक्तसञ्चार सहज हुन्छ । गण्डक न्युज बाट।

यी हुन् मुटुरोगबाट बच्ने उपाय

मानिसले स्वस्थ खानपिन गर्ने, व्यायाम गर्ने र आफ्नो जीवनशैलीमा ध्यान दिएमा सम्भावित मुटुरोगबाट बच्न सकिने मुटुरोग विशेषज्ञले बताएका छन्। नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले विश्व मुटु दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रममा अस्पतालका मुटुरोग विभाग प्रमुख तथा मुटुरोग विशेषज्ञ प्रा डा यादव भट्टले मद्यपान नगर्ने र दैनिक आचरणमा ध्यान दिने हो भने मुटुसम्बन्धी समस्याबाट बच्न सकिने बताए।

उपयुक्त उपचार, नियमित औषधि सेवन र स्वस्थ जीवनशैलीले मुटु रोगबाट बच्न सकिने उनको भनाइ छ। मुटुरोग शल्यचिकित्सक डा ज्योतिन्द्र शर्माले धेरै जनमानसमा मुटुको शल्यक्रिया गरेपछि केही गर्न सकिँदैन भन्ने आशङ्का रहेको बताउँदै शल्यक्रिया गरेका मानिसले पनि अरु सामान्य मानिसजस्तै सजिलै आफ्ना दैनिक क्रियाकलाप गर्न सक्ने बताए।

उनले भने,’मुटुरोगको शल्यक्रिया गरेपछि नियमित व्यायाम गरिरहनुपर्ने, औषधि नियमित खाइरहनुपर्ने हुन्छ । तर अन्य जीवनयापनका हरेक काम गर्न सकिने भएकाले म रोगी हुँ भन्ने भाव राख्नुपर्दैन। उनले सबैखाले मुटुको रोगमा शल्यक्रिया नै गर्नु नपर्ने बताउँदै उहाँले औषधिको प्रयोगबाट निको नहुने रोगलाई मात्र शल्यक्रिया गर्नुपर्ने बताए।

छाती रोग विशेषज्ञ डा जेपी जैसवालले सबैखाले छातीको दुखाइ मुटु रोगको लक्षण नहुने स्पष्ट पारे। उनले भने,’मुटुको दुखाइ भए २० मिनेटसम्म दुख्छ। हिड्ँदा दुखाइ बढ्ने बस्दा कम हुने, दुखाइ चिउँडो, पेटसम्म सरेर दुख्ने भएमा मुटुको समस्या हुनसक्छ। उच्च रक्तचाप भएका, मधुमेहका बिरामी, आमाबुबालाई हृदयाघात भएका बिरामीलाई यस्तोखालको दुखाइ हुने ८० प्रतिशत सम्भावना रहन्छ।

पोषण विज्ञ प्रनिति सिंहले मुटुका रोगीले मात्र होइन अरुले पनि खानपानमा निकै ध्यान दिनुपर्ने बताए। खासगरी मुटुरोगीले फलफूल, मौसमी हरियो तरकारीजस्ता रेसादार खानेकुरा खानुपर्ने, जौका खानेकुरा, भटमासजस्ता खानेकुरा खानुपर्ने उनको भनाइ छ। खानेकुरा एकैपटक टन्न हुने गरी नखाई थोरैथोरै गर्दै समय समयमा खानुपर्ने पनि उनले बताए।

अस्पतालका अध्यक्ष वसन्त चौधरीले अस्पतालले आफ्नो सेवाको विस्तार गर्ने क्रममा शल्यक्रिया तथा उपचारलाई अन्तर्राष्ट्रियस्तरको बनाएको बताए। उनले विदेशमा उपलब्ध साधनस्रोत नेपालमै उपलब्ध गराउने उद्देश्यले आफ्नै देशमा ल्याउन सकेको बताए। राससको सहयोगमा अन्नपूर्ण पोस्ट बाट।

Related Articles

Back to top button
Close