News

सिन्धुपाल्चोकमा छोरी बला’त्कारको अभियोगमा बाबु पक्रा उ

काठमाडौं । सिन्धुलाल्चोकमा १८ व​र्षीया छोरी बलात्कारको अभियोगमा बाबु पक्राउ परेका छन् । मेलम्ची प्रहरी कार्यालयले छोरी बलात्कार गरेको अभियोगमा लम्ची नगरपालिकाका ४३ वर्षीय बाबुलाई पक्राउ गरेको हो ।

बुधबार दिउँसो पीडित युवतीकी आमाले दिएको जाहेरीपछि अभियुक्त बाबुलाई पक्राउ गरिएको मेलम्ची प्रहरी प्रमुख थलबहादुर तामाङले जानकारी दिए ।

अभियुक्तले विगत ४ वर्षदेखि बलात्कार गरेको भन्दै आमाको उजुरी आएको र अभियुक्तलाई पक्राउ गरी थुनामा राखिएको उनले बताए । घटनाबारे थप अनुसन्धान गरी जबरजस्ती करणी अन्तर्गत मुद्धा दायर गरिने तयारी थालिएको तामाङले बताए ।

Related Articles

Back to top button
Close