Video

रुकुम पश्चिमको घट्नाको संसदीय छानबिन गरियोस नेपाल महिला संघ

अहिले सम्म पनि सिडियो कार्यालय बाट कोहि पुगेको छैनन् केश मिलाउन खोजियो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ मा भएको घटनाबारे गहिरो अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

संघले घटनाको कडा निन्दा पनि गरेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले उक्त घट्ना दलित समूदायका लागि मात्रै नभएर सम्पूर्ण मानव समूदायका लागि अत्यन्तै दुःखद् एवम् अमानवीय घट्ना भएको पनि बताएको छ ।संघका केन्द्रीय महासचिवहरु धना खतिवडा र मञ्जु खाँण, र कोषाध्यक्ष जानकी सिंहको नाममा जारी प्रेस वक्तव्यमा भनिएको छ,‘यही जेष्ठ १० गते राति पश्चिम् रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा घटेको बिभत्स घट्नामा नबराज बिकलगायतका युवाहरुले ज्यान गुमाएका छन् भने ४ जना बेपत्ता पारिएका छन्। यो घटना दलित समुदायका लागि मात्रै नभएर सम्पूर्ण मानव समुदायका लागि अत्यन्तै दुःखद् एंव अमानवीय घट्ना हो ।

Related Articles

Back to top button
Close