News

भारतले छिमेकी मुलुक चीन र नेपालमाथी दमन सुरु गरेपछि बोल्यो पाकिस्तान, भन्यो छिमेकीहरुका लागि भारत खतरा

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले छिमेकीहरुका लागि भारत सबैभन्दा खतरा बन्दै गइरहको बताएका छन् । आज उनले ट्वीट गर्दै भारत–छिमेकीहरुका लागि खतरा बन्दै गइरहको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री इमरानले आफ्नो ट्वीटरमार्फत हिन्दूत्ववादी चरमपन्थी मोदी सरकारले अहंकारी विस्तारवादी नीति नाजीको लेबन्स्राम (लिभिंग स्पेस) को समान रहेको भन्दै भारत–छिमेकीहरूका लागि खतरा बन्न गइरहेको आरोप लगाएका छन् ।

इमरान खानले भारतले नेपाल र चीनसँगको सीमा विवादमा संलग्न भएर र नागरिकता ऐनमार्फत बंगलादेशलाई खतरामा पारेको छ । यता पाकिस्तानलाई फल्स झण्डा सञ्चालन गर्ने धम्की दिएको भन्दै उनले ट्वीट गरेका छन् । उनले ट्वीटरमा थपे, “मैले सधैं नै फासीवादी मोदी सरकारलाई भारतको अल्पसंख्यकलाई दोस्रो वर्गका नागरिकको दर्जामा धम्की दिने मात्र नभई क्षेत्रीय शान्तिलाई पनि खतरामा राखेको छु ।”

यसैबिच चिनिया राष्ट्रपतिले भारत विरुद्ध युद्धको तयारी गर्न आफ्ना सेनालाई निर्देशन दिएका छन् । देशको सम्प्रभुताको रक्षा गर्न भन्दै सिले सेनालाई ‘यु८ द्धका लागि तयार रहन आदेश दिएका हुन् । संसद सत्रको क्रममा पिपल्स लिबरेशन आर्मी ९पीएलए० र पिपल्स आर्म्ड पुलिस फोर्सको प्रतिनिधिको पूर्ण बैठकमा भाग लिने बेला सिले यस्तो आदेश दिएका हुन् । सीमामा तनाव बढिरहेका बेला सिको यस्तो भनाइ बाहिर आएको हो ।

सेनाले सबैभन्दा खराब स्थितीको कल्पना गरेर, त्यसबारे सोचेर ‘यु८ द्धका लागि आफ्नो तयारी र प्रशिक्षणलाई बढाउनु पर्ने र पूरा दृढताका साथ राष्ट्रिय सम्प्रभुता, सुरक्षा र विकास सम्बन्धि हितको रक्षा गर्नुपर्ने सिले बताएका छन् । लद्दाखमा भारत र चीनबीच करिब २० दिनदेखि जारी गतिरोधको पृष्ठभूमिमा सि यो भनाइ बाहिर आएपछि यसलाई अत्यन्तै महत्वका साथ हेरिएको छ ।

Related Articles

Back to top button
Close