Video

यस्ता छन् रक्षा श्रेष्ठका असली श्रीमान्, सानैमा भयो विवाह, रक्षाले खोलीन् सबै कुरा…(भिडियो सहित)

पछिल्लो समय हास्य टेलिश्रृखला ‘सक्किगोनी ‘ नेपालको निकै चर्चित कमेडी सिरियल हो । त्यसै हास्य टेलिश्रृखलाकी एक पात्र हुन् रक्षा श्रेष्ठ। उक्त सक्किगोनी टेलिसिरियलमा उनी एक चर्चित पात्र कुमार कट्टेल (जिग्री)को गलफ्रेण्ड बनेकी छिन् । सक्किगोनी हेर्ने र रक्षालाई चिन्ने धेरै नेपालीहरूलाई रक्षा विवाहित हुन् भन्ने कुरा थाहा नभएको हुन् सक्छ । उनलाई रिल र रियलमा पनि जिग्रीकै गलफ्रेण्ड हुन भन्ने भ्रम धेरैमा मनमा छ । तर रक्षा एक विवाहित महिला हुन् ।

वास्तविक नाम बाटै उक्त हास्य सिरियलमा आफ्नो अभिनय दिँदै आएकी रक्षाले भद्रगोल मा राम्रो सफलता पाएकी थियिन अहिले भने उनि सक्किगोनी मा अभिनय गर्दै आएकी छिन !

उनलाई मन नपराउने कमै मात्रामा रहेका होलान् । उनी निरन्तर म्युजिक भिडियोमा काम गर्दै छिन् भने विभिन्न स्टेज कार्यक्रमहरूमा पनि उनको व्यस्तता छ ।

पछिल्लो समय उनले अभिनय गरेको पिँडालु बोलको लोक दोहोरी गीत चर्चाको शिखरमा छ । जिग्री सँगको सिरियलमा केमेष्ट्री र रिल लभका कारण पनि धेरैले रक्षा अविवाहित नै होलिन् भन्ने बुझेका छन् तर त्यसो होइन, रक्षा विवाहित हुन् । उनको श्रीमानको नाम मिग्मा भएको बुझिन्छ कारण रक्षाले आफ्नो हातमा श्रीमानको नामको ट्याटु पनि हानेकी छिन् ।भिडियो हेर्नुहोस :-

Related Articles

Back to top button
Close