Intresting

ऋणबाट मुक्त हुन ! यी वृक्षको साहारा लिनुहोस्


काठमाडौ – ऋणमा डुबेका मानिसहरु ऋणबाट मुक्त हुन चाहेकै हुन्छन् । धेरैले आफुलाई आर्थिक समस्या पर्दा ऋण लिने गर्छन् । तर उक्त ऋण समयमा फिर्ता गर्न गाह्रो परिरहेको हुन्छ । ऋण तिर्ने समयमा विभिन्न समस्याले गर्दा तिर्न मुस्कील पर्ने गर्छ । ज्योतिष शास्त्र अनुसार उचित बार र नक्षत्रमा ऋण लिएको छैन भने त्यो ऋण तिर्न निकै कठिन हुने गर्छ ।

त्यसैले ऋण लिदा उचित बार पारेमा राम्रो हुन्छ । धेरै मानिसहरु ऋणमा डुबेकै हुन्छन् । पैसा हुँदा पनि मानिसहरु ऋण तिर्न असमर्थ छन् । यदि तपाईलाई पनि यस्तो समस्या छ भने केहि वृक्षको साहाराले ऋणबाट मुक्ति हुन सकिन्छ ।

वरको पातमा पीठोको बत्ती जलाएर मंगलबार वरको रूखमुनि राखेमा ऋणबाट छुटकारा पाउन सकिन्छ । त्यस्तै नियमित ७ शनिबार कुवाको पानी पीपलको रूखमा ल्याएर चढाउँनुहोस् । शनिवारकै दिन पिपलको रुखमुनी दियो बाल्नुहोस् ।

नरिवलको रूख हिन्दू धर्ममा कुनै पनि पुजा गर्दा नरिवल प्रयोग गर्ने गरिन्छ । पुजामा कलशमाथि नरिवल राख्ने गरिन्छ । एउटा नरिवलमा चमेलीको तेलमा सिन्दूरको साथ स्वस्तिक प्रतीक बनाएर हनुमानजीको मन्दिरमा गएर चढाएमा धेरै लाभ हुन्छ ।

व्यवसायमा लगातार घाटा भइरहेको छ भने नरिवलमा पहेंलो कपडामा लपेटि विष्णु मन्दिरमा चढाएमा राम्रो हुन्छ । ऋणबाट मुक्ति र समृद्धिको लागि केराको रूखको पुजा गर्नुपर्दछ ।

१२ वैशाख, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ५० हजारको नजिक पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अप्रिल महिनामा मात्र अमेरिकामा औसतमा दैनिक दुई हजार मानिसको मृत्यु भएको देखिएको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म ४९ हजार नौ सय ५४ पुगेको छ । तर, वर्ल्डओमिटरको तथ्यांकमा भने अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ५० हजार दुई सय ४३ पुगेको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको कूल संख्या आठ लाख ६९ हजार एक सय ७१ पुगिसकेको छ ।

यसैबीच, अमेरिकामा पछिल्लो पाँच सातामा बेरोजगारी सुविधाको लागि आवेदन दिनेको संख्या पनि दुई करोड ६५ लाख नाघेको छ । कोरोना भाइरस नियन्त्रणको लागि अमेरिकाभर लगाइएको लकडाउनको असर बेरोजगारीको संख्यामा देखिएको हो। अमेरिकामा बढ्दो बेरोजगारीको कारण अर्थतन्त्रमा पनि ठूलो असर पर्न सक्ने अर्थशास्त्रीहरूले चेतावनी दिँदै आएका छन्।

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट जर्मनीमा मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ । बिहीबार दिइएको जानकारीअनुसार जर्मनीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पाँच हजार ९४ पुगेको हो ।

पछिल्लो २४ घण्टामा मात्र जर्मनीमा दुई सय १५ जनाको मृत्यु भएको थियो ।सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार जर्मनीमा अहिलेसम्म संक्रमित हुने मानिसको संख्या एक लाख ४८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र जर्मनीमा दुई हजार तीन सय ५२ जना मानिसमा कोरोना भाइरसको संक्रमण पाइएको थियो ।

यसैबीच जर्मन चान्सलर एन्जेला मर्केलले जर्मनीका मानिसहरुलाई सावधान तथा होसियार रहन आग्रह गरेकी छन् । उनले मानिसहरुलाई कोरोना भाइरसको आगामी चणको सामना गर्न तयार रहनुपर्ने बताएकी हुन् । उनले कोरोना भाइरसको महामारी अझै लामो समयसम्म रहन सक्ने उनको भनाइ छ ।

मर्केलले अहिले लगाइएको प्रतिबन्ध लोकतन्त्रका लागि चुनौती रहेको पनि बताएकी छन् । यसले मानिसको अधिकार सीमित गरेको भए पनि प्रेस स्वतन्त्रतालगायतका कुरा सहन पनि सहज भएको बताएकी छन् ।उनले जर्मनीका मानिसहरुले एकअर्काप्रति देखाएको सद्भावको प्रशंसा गरिन् । स्रोत : बीबीसी

अन्य समाचार, कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन् ।कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले केही कैदीहरुलाई आममाफी दिने निर्णय गरेका छन् ।

सोही निर्णयअनुसार १७ जना नेपालीले पनि आममाफी पाएका दोहास्थित नेपाली दूतावासले जनाएको छ ।दूतावासका अनुसार कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरु अब रिहा हुनेछन् ।

रिहा हुनेहरुमा १३ जना लागू औषध कोरोबार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेकाहरु छन् । हेर्नुहोस् दूतावासले सार्वजनिक गरेको सूचना

एजेन्सी । गएको २४ घन्टायता भारतमा एक हजार ३८३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका बुधबार बिहान जनाइएको छ । बुधबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या १९ हजार ९८४ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ५० जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ६४० पुगेको छ । भारतमा देखिएका यी संक्रमितहरूमध्ये ३ हजार ८६९ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १५ हजार ४७४ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मङ्गलबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ ।

महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ५ हजार २१८ जना पुगेको उक्त मन्त्रालय बताएको छ । यसैबीच महाराष्ट्रमा २५१ जनाको निधन भएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज दिएको जानकारीअनुसार कोरोना संक्रमण दोस्रो स्थानमा भारतको गुजरात राज्य रहेको छ ।

गुजरात २ हजार १७८ जनामा कोविड–१९ संक्रमण देखिएको छ । त्यसैगरी भारतको दिल्ली कोरोना संक्रमणको तेस्रो स्थानमा रहेको र यहाँ २ हजार १५६ जनामा संक्रमण देखिएको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । भारतको राजस्थान, तामिलनाडू, मध्यप्रदेश र केरला राज्यमा उच्च संख्या कोरोना संक्रमित रहेका जनाइएको छ ।

भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस ९कोविड–१९० को संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गर्नु भएको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए । –एएनआई

अन्य समाचार, जेनेभा । विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट युरोपेली मुलुकहरु र संयुक्तराज्य अमेरिका सबैभन्दा बढी आक्रान्त बनेका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार बुधबारबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा ४५ हजार ३४३ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख ७ हजार ९२० जना पुगेको छ ।

यो समेत विश्वभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ६८८ पुगेको छ भने कूल संक्रमितको व्यक्तिको संख्या २५ लाख ५७ हजारभन्दा माथि पुगेको छ । विश्व स्वास्थ्य संगठन समेतका संस्था एवं विज्ञहरुले महामारी नियन्त्रणका लागि लकडाउन नै उपयुक्त विधि रहेको निश्कर्षमा पुगे पनि संयुक्तराज्य अमेरिका र युरोपका केही मुलुकमा मानिसहरु लकडाउन खोल्नु पर्ने भन्दै विरोध प्रदर्शनमा पनि उत्रिएका छन् ।

युरोपेली मुलुकहरुमध्ये इटालीमा २४ हजार ६४८ जना, स्पेनमा २१ हजार २८२ जना, फ्रान्समा २० हजार ७९६, बेलायतमा १७ हजार ३३७ जना, बेल्जियममा ५ हजार ९९८ जना, जर्मनीमा ५ हजार ८६ जना, नेदरल्यान्ड्समा ३ हजार ९१६ जना, स्वीडेनमा १ हजार ७६५ जना, स्वीट्जरल्यान्डमा १ हजार ४७८ जनाको मृत्यु भएको छ । –एपी

अन्य समाचार, एजेन्सी । नयाँ दिल्लीमा रहेका सरकारी अस्पतालमा अबदेखि सञ्चारमाध्यमले कामगर्ने कार्यकक्ष (मिडिया सेल) राखिने भएको छ । मङगलबार नयाँ दिल्ली सरकारले यो आदेश दिएको थियो । नयाँ दिल्लीमा रहेका सबै सरकारी अस्पतालहरुले कोविड १९ बारेको समाचार र सूचना सम्प्रेषणका लागि यो आवश्यक रहेको भन्दै यहाँको सरकारले उक्त सेल स्थापनाको लागि आदेश दिएको थियो ।

सरकारको यो आदेशसँगै यहाँका अस्पतालहरुमा अब सूचना संकलन गरेर विस्तार गर्नका लागि यस्तो मिडिया सेलको स्थापना हुने भएको समाचारमा जनाइएको छ । यस्तो सेलबाट सम्पादन हुने सूचनाले सही रुपमा नागरिकसमक्ष कोभिड १९ बारेको जानकारी पुग्ने बताइएको छ ।

अहिले कोविड १९ का विषयमा सञ्चारमाध्यमहरुका साथै सामाजिक सञ्जालमा पनि विभिन्न खाले फरक फरक समाचार आएकोले नागरिकलाई दुविधा भएको भन्दै ती सबैखाले सूचनालाई एकै ठाउँबाट र सही मात्रामा सम्प्रेषण गर्ने यसले सहयोग पुग्ने दिल्ली सरकारले जनाएको छ ।

सोमबार नयाँ दिल्लीको एक सरकारी अस्पतालमा ज्वरो आएर पुगेका एकजना पुरुषलाई कोरोना भाइरसको त्रासले त्यहाँका चिकित्सकले उपचार गर्न नमानेको भिडियो सामाजिक सञ्जालमा आएको थियो । ती पुरुषलाई चिकित्सकले शुरुमा कोरोनाको त्रासले छुनै नमानेका र पछि उनी यसका संक्रमित भएको पुष्टि भएपछि उपचार नपाएको उनकी छोरीले बताएकी छिन् ।

आफ्ना बुबाले भारतको राजधानीजस्तो नयाँ दिल्लीकै सरकारी अस्पतालमा पनि उपचार नपाएको भन्दै बोलेको भिडियो यहाँका सामाजिक सञ्जालमा व्यापक मात्रामा प्रचार प्रसार गरिएको थियो । त्यसपछि यस रोगसम्बन्धी समाचारहरुलाई व्यवस्थित र विश्वास गर्न योग्य बनाउनका लागि यस्तो अलग्गै मिडिया सेलको स्थापना गर्न नयाँ दिल्ली सरकारले आदेश दिएको थियो । –एएनआई

गत चैत ३ गते बेल्जियमबाट नेपाल उड्दै गर्दा उनलाई एउटै कुराको मात्र चिन्ता थियो– कक्षा ११ को परीक्षा । २०७७ वैशाख २१ गतेदेखि सुरु हुने भनिएको परीक्षाका लागि तयारी गर्नुपर्ने भन्दै उनी डेढ महिना अघि नै बेल्जियमबाट उडेकी थिइन् ।

चैत ४ गते काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिँदा स्थिति सामान्य थियो । सबै सामान्य तरिकाले आ–आफ्नो गन्तव्यतर्फ लागिरहेका थिए । उनले पनि आफ्नै घरतिरको बाटो सोझ्याइन् । यती एयरको विमानबाट पोखरा हुँदै उनी जीप चढेर बागलुङ नगरपालिका–४ स्थित कुँडुलेस्थित घर पुगिन् चैत ४ गते साँझ नै ।

उनै अन्शु सापकोटालाई घर पुग्दासम्म पनि अरु खासै केही चिन्ता थिएन परीक्षाको बाहेक । उनी पुग्दा घर–परिवारमा छुट्टै खुसी छायो । हजुबा–हजुरआमासँग बस्दै आएकी उनी करिव चार महिनाको बेल्जियम बसाइपछि घर फर्किएकी थिइन् । केही महिनादेखि खाली–खाली भएको घर उनको आगमनसँगै पूर्ण भएको थियो । हजुरबा–हजुरआमा नातिनी घर आएसँगै दङ्ग थिए ।

१४/१५ वर्ष भैसक्यो बुबा आमा बेल्जियम बसेको, उनी भने हजुबा–हजुरआमासँग बागलुङ, कुँडुले घरमा बस्दै आएकी छिन् र गाउँकै स्कूलमा हाल कक्षा ११मा अध्ययनरत छिन् । समय समयमा आमाबुबालाई भेट्न बेल्जियम पुग्ने गरेकी उनले कहिल्यै सोचेकी थिइनन् कि यो पाला यसरी बाटोमै भाइरसले आक्रमण गर्ला भनेर ।

जब कोरोना संक्रमणको शंका भयो अन्शु उनै हुन् जसलाई गत चैत १५ गते कोरोनाभाइरस संक्रमण भएको पुष्टि भयो । ४ गते घर पुगेकी उनी सामान्य तरिकाले नै बसिरहेकी थिइन् । विश्वभरी महामारीको रुप लिँदै गरेको कोरोनाभाइरसको संक्रमणबारे जानकार थिइन् उनी । बेल्जियमबाट आउँदा पनि मास्क, सेनिटाइजरको प्रयोग गर्दै सतर्कता अपनाएको र घर आएपछि पनि सुरुमा परिवारसँग सँगै बसे पनि सतर्कता अपनाएको उनी बताउँछिन् ।

उनका बुबा उनीभन्दा केही समय पहिला नै नेपाल आउनु भएको थियो । जब अन्शुलाई चैत ७ गते अचानक ज्वरो आयो, उनी र उनका परिवार आत्तिए । रुघा र अलि–अलि खोकी पनि लाग्यो । सोही बेला कतार एयरवेजको जहाजमा आएकी एक यात्रुमा कोरोना पोजिटिभ आएको खबर एकाएक फैलिएपछि उनलाई सेल्फ क्वारेन्टाइनमा राखिएको थियो । अन्शुलाई भने सामान्य औषधिले नै निको भइरहेको थियो ।

यतिले मात्रै शंकाको दुरी घट्नेवाला थिएन । उनको पनि स्वाब परीक्षणका लागि लगियो र चैत १५ गते कोरोना भाइरस संक्रमण भएको पुष्टि भयो ।

अन्शु १९ वर्षकी भइन् । भन्छिन्, ‘आफूले सतर्कता अपनाउँदा अपनाउँदै पनि संक्रमण हुँदा सुरुमा त विश्वास नै लागेन । सामान्य अवस्थामै छु भन्न नहुने रहेछ । कसरी संक्रमण भयो पत्तै भएन ।’

संक्रमण पुष्टि भएकै दिन चैत १५ गते उनलाई बागलुङको धौलागिरी अञ्चल अस्पतालमा भर्ना गरियो । त्यसपश्चात अस्पतालकै आइसोलेशन वार्डमा उपचाररत छिन् अन्शु । सामान्य अवस्थामा रहेकी अन्शुको हालसम्म ४ पटक कोरोना परीक्षण भइसक्यो तर सबै रिपोर्ट पोजिटिभ आएका छन् । उनी रिपोर्ट नेगेटिभ आउने दिनको प्रतीक्षामा छिन् ।

हामीसँगको कुराकानीमा उनी बारम्बार भनिरहन्थिन्, ‘यो सामान्य हो, म सामान्य नै छु, केही समस्या आएको छैन र छिट्टै म पनि निको भएर घर जान्छु ।’

अझ अहिलेसम्म ५ जना निको भएर घर फर्किइसकेका छन् । यसले पनि अन्शुलाई छिटै निको हुन आत्मबल मिलेको छ ।

ममीको धेरै फोन आउँछ अन्शु आइसोलेशनमा बसेको वैशाख ९ गते २५ दिन भयो । धेरैजसो समय उनको ममी (आमा, जो बेल्जियममै हुनुहुन्छ)सँग कुरा गरेर बित्छ । हरेक पटक आमाले ठिक हुन्छ भन्दै उत्साह भर्ने गरेको उनी बताउँछिन् । बाँकी समय साथीहरुसँग कुराकानी गर्ने, यूट्यूवमा फिल्म हेर्ने अनि पढाइमा बिताउने गरेकी छिन् ।

आधा दिनजसो त साथीभाईहरुसँग कुराकानी गरेरै बित्छ अन्शुको । साथीहरु उनी अस्पतालबाट डिस्चार्ज हुने दिनको प्रतीक्षामा छन् । अन्शु पनि आफूलाई छिट्टै निको हुनेमा आशावादी छिन् ।

अस्पताल भर्ना हुँदा उनी शून्यजस्तै थिइन् । कारण, उनलाई समाजमा कतिले रोग लिएर आइ भनेर त्यति राम्रो मानेनन् त, कतिले निको हुन्छ भन्दै ऊर्जा भर्ने काम गरे । तर उनलाई आफूमाथि आरोप लगाउने र अर्कै दृष्टिले हेर्नेहरुसँग निकै चित्त दुखेको छ । संक्रमणको भन्दा पनि समाजको भयले पोल्यो अन्शुलाई ।

अन्शु भन्छिन्, ‘मलाई संक्रमण भएको थाहा पाउँदा भन्दा पनि गाउँघर तिरका मानिसको व्यवहारले धेरै दुःख लाग्यो । मिडियामा सनसनीपूर्ण खबर आए, मानिसमा अर्कै त्रास पैदा भयो, सबै मसँग डराए । सुरुमा त निकै आत्तिएँ । तर मेरो परिवार, डाक्टरहरुले मलाई साथ दिनुभयो, हौसला दिनु भयो, जसको नतिजा म अहिलेसम्म पनि ठिक छु । आज धेरै शुभचिन्तकहरुले फोनबाट, म्यासेजबाट हौसला दिनुहुन्छ । मेरो शीघ्र स्वास्थ्यलाभको कामना गर्नुहुन्छ, यसले आत्मबल बढेको छ ।’

अस्पताल भर्ना भएको दिनदेखि हरेक दिन ४ देखि ५ पटक आमासँग फोनमा कुरा गर्छिन् अन्शु । आमाको हरेक कल उनका लागि ओखती बराबर छ । कोसौं टाढा रहे पनि आमाको आवाज, आड–भरोसा अनि स्नेह नै उनको उपचारमा ओखती बनेको छ ।

छन त यहाँ धेरै छन् आफन्तहरु, तर सबै उनीसँग डराएका छन् यतिबेला । अनेक आरोप पनि लगाउन नभ्याएका होइनन् । तर उनको कलिलो मष्तिस्कले भ्याएसम्म आफूलाई कमजोर हुन दिइनन् । अहिले त रोगलाई परास्त गर्ने हिम्मत जुटिसकेको उनी बताउँछिन् ।

आमाबुबाले नै हो अन्शुलाई नडराइ बस्न र आफ्नो परिचय नलुकाउन सुझाएको । ‘कोरोना लाग्दैमा परिचय नै लुकाउन जरुरी छैन, तिमी नडराऊ, केही हुँदैन । आत्मबल बलियो बनाऊ, निको हुन्छ,’ आमाले भनेको सम्झिन्छिन् अन्शु । त्यसैले पनि आफूले सुरुबाटै नाम र फोटो गोप्य राख्न जरुरी नठानेको अन्शु बताउँछिन् ।

कोरोनाको संक्रमण कसैमा सर्न पाएन । सतर्कता नअपनाएको भए जे पनि हुन सक्थ्यो, यो कुरा सबैले बुझ्नु पर्छ । अन्शु आफू संक्रमित भए पनि समाजलाई संक्रमणबाट बचाएकी छिन् । त्यसैले उनी सबैलाई आग्रह गर्छिन्, ‘सतर्क भएर बसौँ, संयमता अपनाएर एक अर्काको भावनाको सम्मान गरौँ ।’

अस्पताल नै घर, डाक्टर अनि नर्स परिवार अन्शुको अस्पताल बसाई चार हप्ता पुग्न लागिसक्यो । उनलाई अस्पताल अब घरजस्तै लाग्न थालेको छ । सबैजनाले राम्रो केयर गर्ने गरेको उनी बताउँछिन् ।

अन्शुलाई राखिएको अस्पतालको आइसोलेशन कक्ष उज्यालो र घाम आउने छ । उनलाई राखिएको कक्षमा सिसी क्यामेरा जडान गरिएको छ । अस्पतालले दिने खाना राम्रो छ । उनलाई खानाको कुनै समस्या छैन । आफू सामान्य अवस्थामा रहेकाले पनि खाना खान समस्या नभएको र प्रशस्त तातो पानी पिउने गरेको उनी बताउँछिन् ।

कुनै सामानको आवश्यकता परेको बेला सिस्टरहरुलाई फोन गर्छिन् । बिहान–बेलुका दुई पटक डाक्टर चेकजाँचका लागि आउने गरेको र बेला–बेला फोनमा कुरा गर्ने गरेको उनी बताउँछिन् । अब त डाक्टर, नर्स परिवारका सदस्यजस्तै लाग्न थालेको छ उनलाई । अन्शु भन्छिन्, ‘सबैजनाले माया गर्नुहुन्छ, केही चाहियो भने ल्याइदिनुहुन्छ, हौसला दिनुहुन्छ, समय समयमा फोन गरेर के छ, कसो छ भनी बुझ्नु हुन्छ र तिमी ठिक छौ, अब छिट्टै निको हुन्छौं भन्नुहुन्छ ।’

पुनः परीक्षाको तयारीमा अन्शु बेल्जियम आमाबुवालाई भेट्न गएकी थिइन् गत मंसिर (डिसेम्बर)मा । कक्षा ११ को परीक्षा नजिकिँदै थियो । अतः परीक्षाकै लागि भनेर उनी हतार हतार फर्केको बताउँछिन् । उनी भन्छिन्, ‘बेल्जियम गएपछि पनि केही समय त बाहिरतिर डुलेँ, तर पछि भने घरै बसेँ । कसरी संक्रमण भयो भन्ने नै थाहा नहुने रहेछ ।’

अस्पतालको आइसोलेशन कक्षबाट हरेक दिन बिहानदेखि बेलुकासम्म विश्वलाई नियाल्ने अवसर पनि पाएको उनी बताउँछिन् । उनले आइसेलेशन वार्डको बसाईलाई उपयोगी बनाउन अध्ययनलाई पनि निरन्तरता दिन थालेकी छिन् ।

अन्शु भन्छिन्, ‘बिहान ६ देखि ७ बजेसम्ममा उठ्छु । फ्रेस भएर ब्रेकफास्ट गर्छु, जसमा अण्डा, ब्रेड, दुध, कहिले चिया, बिस्कुट खान्छु । १० देखि ११ बजेमा खाना ल्याइदिनुहुन्छ जसमा सामान्य दाल, भात, तरकारी हुन्छ । दिउँसो २ देखि ३ बजेको समयमा खाजा खान्छु । खाजामा पनि दुध, ब्रेड, बिस्कुट कहिले चाउचाउ, यस्तै हुन्छ । र, बेलुका ७ देखि ८ बजेसम्ममा खाना खान्छु ।’

अस्पताल आएदेखि माछा–मासु नखाएको उनी बताउँछिन् । ‘योबीचमा ममीसँग फोनमा कुरा गर्छु, साथीहरुसँग कहिले च्याट गर्छु त कहिले फोनमा कुरा गर्छु । यूट्यूवमा फिल्म हेर्छु । समाचार पढ्छु ।

आजभोलि मोटिभेसनल भिडियोहरु पनि हेर्ने गरेको छु,’ उनले भनिन्, ‘अब परीक्षाको तयारी पनि गर्नुपर्ने छ, त्यसैले एक हप्ता भयो कोर्सका कितावहरु पठाइदिनुभएको छ घरबाट, यहीँ पढ्न थालेको छु ।’

अन्शु आइसोलेशन वार्डबाटै परीक्षाको तयारी गर्दै छिन् । परीक्षाको मिति अनिश्चित बनेको छ । २१ गतेबाट हुने परीक्षा स्थगित भएको छ ।

अन्शुलाई कहिलेकाहीँ त नरमाइलो पनि लाग्छ । भन्छिन्, ‘यसरी आइसोलेशनमा बसेकाहरुलाई सरकार र परीक्षा बोर्डले केही विचार गरिदिए हुन्थ्यो ।

Related Articles

Back to top button
Close