News

आज अमेरिकी डलरसहित धेरै देशको मुद्राको मूल्य बढ्यो, हेर्नुहोस कुन देशको कति ?

काठमाडौँ । आज जेष्ठ १५ गते अमेरिकी डलरसहित ७ देशमा मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्रबैकंले आजका लागी तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ८५ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ४५ पैसा पुगेको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ ९३ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ ६७ पैसा रहेको छ । यूरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ २२ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ ८८ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३६ रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९४ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ६ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ६ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३९१ रुपैयाँ ५५ पैसा तथा बिक्रिदर ३९३ रुपैयाँ ४९ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३२० रुपैयाँ ५ पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ ६४ पैसा रहेको छ।

Related Articles

Back to top button
Close