News

नबराज तिमिले गरेको निष्पक्ष मायाको बद्लामा आफ्नो प्राण दिनु पर्‍यो, एक पलको लागि तिम्री आमाको बारेमा सोचे मैले एक्दमै रोए म – शान्ति श्री परियार

काठमाडौं- नेपालको कानुनले जातीय आधारमा छुवाछूतलाई दण्डनीय अपराध भनेको ५७ वर्ष भएको छ । कानुनी रूपमा मात्र होइन, व्यवहारमा पनि अब छुवाछूतको व्यवहार हुने छैन भनेर संसद्ले २१ जेठ ०६३ मा नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । प्रत्येक व्यक्तिको अधिकार मानवीय मर्यादा समान हुने प्रत्याभूति देशको कानुनले गरेको छ। तर, अन्तरजातीय प्रेम बिहे गर्न जाजरकोटबाट पश्चिम रुकुम आएका युवा र उनको लास मात्र होइन, मानवीय संवेदना पनि नदीमा बगेको छ। जाजकोटका २० बर्षिय युवा नवराज विश्वकर्माले प्रेम गरेका कारण नै ज्यान गुमाउनु परेको छ । दलित भएकै कारण उनको ज्यान गयो।तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्य पुरा हुन सकेन् ।

कथित उपल्लो जातिकी युवतीसंग प्रेम गरेका उनि र उनका साथी उनलाई भगाउन गाउँ जाँदा हत्या भएपछि धेरैले यस विषयको खुलेर विरोध गरेका छन् । यसको संसदमा पनि उठिसकेको छ । यसैमा चर्चित गायिका शान्ति श्री परियारले पनि बिरोध जनाएकी छन् । उनले नबराजले निष्पक्ष मायाको बद्लामा आफ्नो प्राण दिन परेको र तिम्री आमाको बारेमा सोचरे आफु रोएको बताएकी छन् । उनले सामाजिक संजाल फेसबुमा स्टाटस लेख्दै भनेकी छन् ‘नवराज तिमिले गरेको माया कति निष्कपट रैछ त्यो मायाको बद्लामा तिमिले आफ्नो प्राण दिनु पर्यो तिमि पनि त तिनि हरु जस्तै स्वार्थि निष्ठुरि भैदिएको भए हुन्थ्यो तर तिमि तेसो गरेनौ तिमिले गरेको प्रेम प्रतिको समर्पण ले आज तिमिलाइ यो समाजमा बाच्ने अधिकारै खोस्यो कस्तो दुख लाग्यो,आज आएर पनि हामि यस्तो समाजमा छौ, छि । तिमित अब २१औ सताब्दिमा आएर पनि आखा हुदा हुदैका अन्धोहरु कान हुदा हुदैका बहिरो हरु,दिमाग हुदा हुदैका पागल हरुको सिकार भयौ, अब एक पलको लागि तिम्री आमाको बारेमा सोचे मैले एक्दमै रोए म।

जस्ले तिमिलाइ नौ महिना आफ्नो कोखमा राखेर जन्म दिइन र आज यति ठुलो बनाएको छोरा लाइ कसैले बिभत्स रुपमा हत्या गरेर फ्याकिदियो रे भन्ने समाचार सुन्दा उनको मन कस्तो होला रुहे भगवान ति आमा लाइ यी पापि हरु बिरुद्द लड्ने सक्ती प्रदान गर्नु होला ।यो मानवता भन्दा जात माथि सम्झने समाजमा जन्मिएको मा पछुतो छ आज मलाइ त्यो निर्दयी अपराधिहरु लाइ कडा भन्दा कडा कार्बाहि होस्’ । हार्दिक श्रध्दाञ्जलि नबराज बिस्वकर्मा

Related Articles

Back to top button
Close