News

चर्चित अभिनेत्री मेबिनाको २२ वर्षको उमेरमा सडक दुर्घटनामा परी निधन

एजेन्सी । चर्चित भारतीय अभिनेत्री मेबिना माइकलको सडक दुर्घटनामा परी मृत्यु भएको छ । कन्नड टेलिभिजनकी माइकलको २२ वर्षको उमेरमा मंगलबार बेलुकी सडक दुर्घटनामा परी मृत्यु भएको भारतिय मिडियाले जनाएका छन् । मंगलबार आफ्नो गृहनगर मडिकेरी गइरहेका बेला दुर्घटना भएको हो ।

मेबिना आफ्ना साथीहरुसँग घर फर्किरहेका बेला बाटोमा उनको कार एउटा ट्र्याक्टरसँग ठोक्किएको थियो । मेबिनाको दुर्घटना नागमङ्गला तालुकको देवहल्लीमा भएको थियो । लोकप्रिय टिभी रियालिटी शो ‘प्याते हुडुगिर हाल्ली लाइफ’ की बिजेता मेबिनाको मृत्युले उनको पूरा परिवारलाई ठूलो धक्का लागेको छ । दुर्घटनाका बेला उनीसँगै भएका उनका अन्य साथीको नजिकैको अस्पतालमा उपचार भइरहेको बताइएको छ । रियालिटी शोका होस्ट तथा नायक अकुल बलाजीले मेबिनाको मृत्युमा शोक व्यक्त ट्वीट गरेका छन् ।

उनले लेखेका छन्, ‘मलाई मनपरेकी प्रतियोगी र प्याते हुडुगिर हाल्ली लाइफकी बिजेता मेबिनाको अचानक मृत्युको खबर सुनेर आहत छु । मेबिना निकै सानी थिइन् र हँसीमजाक गर्नुपर्ने व्यक्तित्व थियो उनको, म यो कुरामा अझै पनि विश्वास गर्न सकिरहेकी छैन कि मेबिना अब यो दुनियाँमा छैनन् ।

Related Articles

Back to top button
Close