News

श्रीमान गुमाएको आलो घाउ नसुक्दै जवान छोरा गोबिन्दको पनि शव फेला परेपछि आमाको बिलौना, कसको मुख हेरेर बाँचौं ?(भिडियो हेर्नुस्)

काठमाडौं । श्रीमान पनि छैनन्, बोहरा गाउँमा भएको दुर्घटनामा तीन वर्ष अघि श्रीमान गुमाइन् । अहिले जवान छोरा पनि गुमाउनु पर्दा यि आमाको आँखा ओभाएका छैनन् । पाँच दिन पछि छोरा नदिमा फेला परे तर निर्जि’व । लोकेन्द्र विक उनका छोरा पनि नवराजसंगै युवतीको गाउँ गएका थिए । उनी अहिले बोल्न सक्ने अवस्थामा छैनन् । लोकेन्द्र हराए देखि उनको मुखमा पानी परेको छैन । लक्ष्मी सुनार छोरा नभेटिँदा सम्म भेरी नदि तिर फर्केर बसिरहीन् । कतै छोरा आउँछ की भनेर रातभरी सुतेकी छैनन् । तर उनको त्यो प्रतिक्षा सकारात्मक खबर आएन । उनले पाँच दिन पछि छोराको यस्तो खबर पाइन् । उनले नवराजसंग कसरी र किन गयो भन्ने पनि थाहा नपाएको बताइन् ।

छोरा घरवाट गएको दिनदेखि रातभरी नसुतेर बेसेकी उनी सम्हालिन सकेकी छैनन् । श्रीमान बितेदेखि उनी दुई छोराको अनुहार हेरेर बसेकी थिइन् । जेठो छोरा कतार गएको छ तर उता पनि अहिले काम नपाएर वेखर्ची भएर बसेको छ । आफ्नो काखमा भएको कान्छो छोरा पनि यसरी गुमाउनु परेपछि उनको मन बुझाउने बाटो केी छैन । दुर्घटनामा परेर उनको एउटा छोरी पनि अपागं छन् । छोरीको हेरचाह पनि उनी आफै गर्नुपर्छ । उनको कान्छो छोरा भर्खर १९ वर्षका भएका थिए ।

जेठो छोरा विदेश गएर पनि राम्रो कमाइ नभएपछि कसरी घर आउँ भनेर सोधेर बसेको छ । लकडाउनका कारण आउन पाएको छैन । उता विदेशमा भएको छोरा पनि रुँदै बसेको छ, म यता रुँदै बसेकी छु । यही छोराको आश थियो । त्यसैलाई यस्तो बनाईदिए । अब म कसको मुख हेरेर बाँचौं, उनले भनिन्, किन यस्तो दुस्मन लाग्यो रु बरु समातेर प्रहरीलाई बुझाइदिएको भए बरु जिउँदो हुथ्यो । उनीहरुले त्यसरी नलखेटेको भए उ भेरीमा त्यसरी हराउने थिएन । धेरै पटक यो भेरी तरेको छ । पिटेरै फालेको भएर उसले नदि तर्न सकेन । नत्र धेरै पटक तरेको भेरी उ त्यसरी हराउने थिएन ।

छोराको गल्ती भए प्रहरीलाई बुझाइदिएको भए म मुख त हेरेर बस्थे, अहिले मेरो सबै सहारा खोसियो । अब कसरी बाँचौ । आधा भेरैमा पुगेपछि बचाउ भनेर चिच्याएको थियो रे । चोटपटक नलागेको भए उ भेरी तरेर घर आउँथ्यो । श्रीमान साथमा भए छोरा नभएपनि म छु नी भनेर सम्झाउँथे होला, जेठो छोरो पनि म छु नी आमा भन्न पाउँदैन । कान्छो छोराको अवस्था यस्तो बनाइदिए । अपागं छोरीको पनि वेहाल भयो । यो संसारमा म जस्तो दुखी कोही भएन । म अब के गरुँ, उनले आफ्नो बेदना यसरी पोखिन् । हाम्रो छोरालाई यस्तो बनाउनेहरुलाई कारवाही भएको सुन्न पाए हुन्थ्यो । उनीहरुलाई कारवाही भएको थाहा पाउन पाए अलिकति मन शान्त होला ।

Related Articles

Back to top button
Close