Video

नवराज बिक लाई अन्त्यष्टिका लागि लैजाँदा बाटो मै ढले आमा र बहिनी, सिङ्गो गाउँनै सोकमा डुब्यो (भिडियोह हेर्नु)

काठमाडौं । एक मात्र छोरा नवराज विकको अन्त्यष्टिको लागि लैजान लाग्दा आमा र वहिनीको वेहाल भएको छ । उनीहरु विलौना गर्दै रोएको कारुणीत भिडियो देख्न सकिन्छ । आ’क्रोश र पीडामा डु’बेकी बहिनीले आफ्नो दाईलाई यस्तो अवस्था बनाउनेहरुलाई कारवाही नहुँदा सम्म नवराजले शान्ती नपाउने भन्दै विलौना गरेकी छन् । जम्मा भएका गाउँलेहरुले उनलाई सम्झाउँदै गरेको दृष्यमा देख्न सकिन्छ । उता एउटा मात्र छोरा नवराजलाई युवा अवस्थाा गुमाउनु पर्दा आमाको पनि उस्तै हालत छ । स्थानियलाई उनलाई सम्हाल्न निकै मुीकल भएको छ ।

गत शनिवार बेहुली लिन भन्दै साथी सहित गएका नवराज विक मृत फेला परेपछि अन्त्यष्टि गरिएको छ । भेरी नदिमा मृत फेला परेका उनको सोही नदीमै अन्त्यष्टि गर्न गरिएको हो । घटनाको अनुसन्धानका लागि पोष्टमार्टम गर्नु पर्ने भएकाले ५ दिन पछि उनको शवको अन्त्यष्टि गरिएको हो । शनिवार भएको घटनामा अहिले पुरै मुलुक तातेको छ । सो घटनामा संलग्न दोशीलाई करवाहीको माग गर्दै मुलुकभरका अधिकारकर्मीहरुले आवाज उठाएका छन् । प्रहरीले घटनामा संलग्न भएको अभियोगमा वडाध्यक्ष सहित २० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

गत शनिवार १९ जना साथी लिएर रुकुम गएका उनी स्थानियको आक्रमणमा परि ज्यान गुमाएका थिए । उनी संगै गएका अन्य साथीहरुको पनि निधन भएको छ । अहिले सम्म ५ जनाको शव फेला परेको छ भने एक जना अझै नदिमा हराइरहेका छन् । एक मात्र छोरा नवराजको वियोगमा आमा वि’छिप्त छन् । जाजरकोटको भेरी नदिमै उनको दाहसंस्कार गरिएको हो । सोती घटनामा हराएकामध्ये भेरी नगरपालिकाका वडा नं ४ का सन्दीप विकको शव विहिवार छेडागाड नगरपालिका १३ कालाभिरमा फेला परेको छ ।

बुधबारमात्र लोकेन्द्र सुनारको शव फेला परेको थियो ।भेरी नगरपालिका–११ का गोविन्द शाही अझै बेपत्ता छन् । भेरी नगरपालिका–४ का नवराज विक, लोकेन्द्र सुनार, गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ ।

लकडाउनका कारण आफ्नो गाउँमा ठूलो संख्यामा युवाहरु आएका कारण आफुहरुले के हो भनेर बुझ्न जानेक्रममा उनीहरु भागेको भन्दै स्थानियले वयान दिएका छन् । यता पीडित पक्षले भने उनीहरुलाई आ’क्रमण गरी भेरी नदिमा फालेको अभियोग लगाउँदै आएका छन् । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । सो घटनामा निष्पक्ष छानविनको माग सदन देखि सडकसम्म उठेको छ ।

सामाजिक सञ्जालमा पनि लकतन्त्रको उपहास उडाउने यो घटनाको निष्पक्ष छानविन हुनुपर्ने माग राखिएको छ । लोकतन्त्रमा पनि जातिय विभेदका कारण कसैले ज्यान गुमाउनुपर्ने यस्तो अवस्थाले लोकतन्त्रकै उपहास भएको छ । समानताका लागि भन्दै जनयुद्ध सुरु भएको रुकुममै भएको यस्तो घटनाले पनि पार्टी र सरकारलाई ठूलो दवाव परेको छ ।

Related Articles

Back to top button
Close