Video

एक्लो दाईलाई सेतीले लग्यो, बहिनीसंगे शव ढाक्न कात्रो किन्ने पैसा पनि छैन

करिब डेढ महिना अघि माछा मार्न गएका अमृत थापा सेतीमा बेपत्ता भएका थिए तर उनको शव नदिमै तैरिरहेको अवस्थामा फेला पर्यो । अमृतको शव फेलापरेको भोलिपल्टै फेरी हातखुट्टा धुने क्रममा चिप्लीदा एक जनाको मृत्यु भएको छ । बिहान ११ बजे पोखरा महानगरपालिका–१ गाइघाट स्थित सेती नदीमा किनारमा हातखुट्टा धुने क्रममा चिप्लीदा एक बृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नदीमा किनारमा हातखुट्टा धुन गएका स्थानीय शान्तिचोकका ६५ बर्षीय मान बहादुर परियारको चिप्लिएर नदीले बगाउदा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।

नदीले बगाएको थाहा पाएपछि उनको उद्धार गर्ने क्रममा नदी खोचमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पोखराको सेती नदिमा २ दिनमा २ शव फेला परेका छन् । कसरी सेतीमा खसेकाहरुको शब निकालिन्छ हेनुहोस् पुरा भिडियो ।

Related Articles

Back to top button
Close