
के तपाईं बालबालिकाको आँखामा गाजल लगाइदिनु हुन्छ भने होस् गर्नुस्, गाजल बन्न सक्छ ख तरा !!
Posted in स्वास्थ्य /जिबनशैली
नेपालमा नवजात शिशुको आँखामा गाजल लगाउने पुरानो प्रचलन रहेको छ । बालबालिकाको आँखामा लगाइएको गाजलले उनीहरुलाई निकै आकर्षक देखिन्छ । आँखा राम्रो देखाउनका लागि मात्र नभएर स्वस्थ राख्न गाजल लगाउनु पर्ने पुरानो मान्यता छ । यही मान्यताका आधारमा भर्खरै जन्मिएका बच्चाहरुलाई नेपालमा गाजल लगाईने गरिन्छ ।
आफ्नो बच्चालाई कसैको आँखा नलागोस् भन्ने मान्यताका साथ लगाईएको गाजलले कति असर पार्दछ यो कुरा हो कुनै अभिभावकलाई थाहा छैन । शिशुको आँखा उसको शरीरको सबैभन्दा सम्बेदनशील अंग हो । बालबालिकाले ठूला मानिस जस्तो आफ्नो आँखाको हेरचाह गर्न सक्दैनन् । र आँखामा आएको समस्या बताउन पनि सक्दैनन् ।
आँखामा गाजल लगाउनु त्यति सुरक्षित मानिँदैन तर नेपालमा यसको व्यापक रुपमा प्रयोग हुने गरेको छ । बालबालिका र युवतीहरुले यसको प्रयोग गर्ने गरेका छन् ।
बालबालिकामा गाजल लगाइदिँदा उनीहरुलाई यसले पीडा दिन सक्छ । घरमा बनाइ